डाक्टर सन्दुक रुइत

विश्वमा चर्चामा आउनेगरी मानव कल्याणका लागि योगदान दिने वैज्ञानिक हुन्, डाक्टर सन्दुक रुइत ! उनलाई विश्वले चिनेको छ । नेपालमा त उनी तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक नै हुन् । उनको योगदानले आज नेपाल मात्र होइन, विश्व नै उज्यालो र ज्योतिमय हुन पुगेको छ ।

यिनै आँखाका डाक्टर रुइतले आँखा उपचारका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले अभिनन्दन गरेको छ । वर्तमान प्रतिनिधिसभा संसद्का सभामुख देवराज घिमिरेले उनलाई अभिनन्दन गरे ।

रुइत नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा जन्मेर विश्वमा योगदान दिन सफल भए । हाल आँखा अस्पतालको विकास र बिरामीको उपचारमा नयाँ प्रविधिको विकास गरी नेपाललाई आँखा उपचार केद्रका रूपमा चिनाउन सफल भए उनी !

अति कम मूल्यमा सर्वसाधारणका लागि आँखा देख्ने र नयाँ जीवन जिउने बाटो देखाउने उनी साधारण शल्यचिकित्सक मात्र नभएर जीव वैज्ञानिकसमेत हुन् । न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादनमा उनको अद्वितीय योगदान रहेको छ । मोतिबिन्दुको शल्यक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’ बनेका छन्, उनी ।

एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगासेसे पुरस्कार’ प्राप्त उनी बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट प्रदान पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कृत र सम्मानित भइसकेका छन् । उनले पत्ता लगाएको आँखाको लेन्ससम्बन्धी नयाँ प्रविधिलाई ‘रुइतेक्टोमी’ नामकरण गरिएको छ ।

डाक्टर रुइत आँखाका अतिरिक्त प्रकृति संरक्षण र सम्बर्धनमा पनि उत्तिकै चासो लिने व्यक्ति हुन् । उनले कञ्जनजंघा हिमाली क्षेत्रको संरक्षण र सदुपयोगका लागि आफ्ना धारणा निरन्तर राख्दै आएका छन् । उनले देखाएको प्रकृति संरक्षणको चासो आफैंमा उदाहरणीय छ ।

वास्तवमा मानव जीवन र जगत्को अन्योन्याश्रित सम्बन्ध छ । एकअर्काका परिपूरक भएर रहनसके जीवन र जगत् दीर्घकालसम्म सन्तुलित, व्यवस्थित र मानवीय बन्ने देखिन्छ पनि । स्रोत साधनको दोहनभन्दा पनि सही र दीगो सदुपयोग हुनसकेमा मात्र मानव जीवन वास्तमा दीर्घजीवी हुन सक्नेछ ।

डाक्टर रुइतले खोलेका आँखाले प्रकृतिमय नेपाल हेर्न, देख्न र रम्न चाहन्छन् । उनको सत्प्रयासलाई नेपाल सरकारले चासो र चिन्ताका साथ हेर्नु जरुरी छ ।
(विभिन्न पत्रपत्रिकाको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाको विकासका लागि उत्तमरत्नको उपाय यस्तो छ