गाईजात्रामा शिबशंकरको ‘ठग–ठाग कोसेली’

काठमाडौँ । यो वर्षको हास्य र ब्यङ्ग्यको पर्व ‘गाईजात्रा’ नजिकिँदै छ । यसै क्रममा गाईजात्रा सम्बन्धि विभिन्न हास्यब्यङ्ग्य सामाग्री ल्याउने क्रम सुरु भएको छ । यही अबसरमा हस्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘ठग –ठाग कोसेली’ ल्याएका छन् ।

दर्शक तथा स्रोतालाई हास्यब्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र बिकृति बिसंगतीमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उदेश्यले आफुले ‘ठग –ठाग कोसेली’ ल्याएको उनले राजधानीलाई बताएका छन् ।

त्यसो त उनले बिगत २२ बर्षदेखि हरेक वर्ष गाईजात्रामा ब्यङ्ग्यका कोसेली ल्याउँदै आएका छन् । यसै क्रममा यो वर्ष पनि गाईजात्राको रमाईलो खुराक ‘ठग –ठाग कोसेली’ ल्याएका उनले बताएका छन् ।

यो सामग्रीलाई शिबशँकरले ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । ‘ठग –ठाग कोसेली’मा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक बिकृति बिसंगतिदेखि, फेसन र ग्ल्यामरसम्मलाई उनले ब्यङ्ग्य गरेका छन् ।

‘ठग– ठाग कम्पनी’मा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले , सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेलको अभिनय छ ।

यसको लेखन, निर्देशन, प्रस्तुतकर्ता पनि शिबशँकर नै हुन् । यसपटक उनले काले केटाले…गीतमा प्यारोडी पनि गरेका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुरको क्यारिकेचर पनि उनले यसमा गरेका छन् । शिवशंकरले अर्को साताबाट नाचघरमा आयोजना हुने गाईजात्रा कार्यक्रममा यसका केही सामग्री प्रस्तुत गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते