मदिरा आयातमा एकैवर्ष सवा अर्ब बाहिरियो

वीरगन्ज । स्वदेशी मदिरालाई ब्राण्डिङ्ग गरी उपभोग गर्न खुट्टा कमाउँदा एक आर्थिक वर्षमा मात्र १ अर्ब १७ करोडभन्दा बढि रकम तयारी मदिरा पैठारीमा मुलुकबाट बाहिरिएको छ । यो तथ्याँक मुलुकको पहिलो ड्राइपोर्ट (सुख्खा बन्दरगाह) भन्सार कार्यालयको बाटो भएर मात्र बाहिरिएको हो ।

खुल्ला सीमा भएको मुलुकको अरु नाकाबाट बैधानिक र अवैधानिक तवरले अझ कति मदिरा भित्रिन्छ ? त्यसको लेखाजोखा छैन । केवल एउटा भन्सार नाका अर्थात सुख्खा बन्दरगाहको बाटो भएरमात्र गएको आर्थिक वर्ष २०८०⁄०८१ मा उक्त रकम मुलुकबाट बाहिरिएको तथ्याँकले पुष्टि गरेको छ । यो रकम अघिल्ला आर्थिक वर्ष २०७९⁄०८० को भन्दा पनि ९ करोड १९ लाख २६ हजार ९ सय १४ रुपैया ६७ पैसाले बढि हो ।

अघिल्लो आर्थिक वर्ष कुल १ अर्ब ८ करोड १५ लाख २८ हजार ८ सय ९६ रुपैया ९९ पैसा मात्र तयारी मदिरा पैठारी (आयात) गर्दा देशबाट बाहिरिएको सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जको तथ्याँकमा उल्लेख छ । आयातको परिणाममा गिरावट आए पनि लागत भने गतवर्षभन्दा बढिको देखियो सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जका प्रमुख धनबहादुर बरुवालले राजधानी दैनिकसँग बताए ।

‘गत वर्ष कुल १ अर्ब १७ करोड ३४ लाख ५५ हजार ८ सय ११ रुपैया ६६ पैसाको तयारी मदिरा पैठारी भएको देखिन्छÕ उनले भने । अघिल्लो वर्षकै तुलनामा परिणाम पनि आयात भएको भए अझ यो लागत बढेर जाने उनको तर्क छ । उक्त रकम ४ लाख २२ हजार ९ सय ३५ लिटर तयारी मदिरा खरिद गर्दा मुलुकबाट बाहिरिएको तथ्याँकले देखाएको छ । यो परिणाम अघिल्लो आर्थिक वर्षकोभन्दा चाही २४ हजार ७ सय ९५ लिटरले कमी हो । तथापि लागत भने बढेर गएको तथ्याँकले पुष्टि गरेको छ ।

अघिल्लो आर्थिक वर्ष झन आयात परिणाम पनि ४ लाख ४७ हजार ७ सय ३० लिटर थियो । परिणाम खटे पनि तयारी मदिराको मूल्य बढ्दा मुलुकको व्यापार घाटाको मूल्यमा भने तयारी मदिराको आयात पनि सकारात्मक नदेखिएको सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जका सूचना अधिकारी सूशिल शर्माले बताए । राजश्व तर्फ भने तयारी मदिरा पैठारी गर्दा गतवर्ष १ अर्ब ६१ करोड ५१ लाख ५५ हजार ६ सय ७८ रुपैया योगदान पुगेको उनको भनाइ छ । गत वर्ष लागत बढे पनि परिणाम र राजश्वको योगदान भने अघिल्लो बर्षको बढि रहेको उनले बताए ।

अघिल्लो वर्ष राजश्वको योगदानमा तयारी अवस्थाको मदिरा आयात गर्दा १ अर्ब ७४ करोड ३ लाख २२ हजार ३ सय ७६ रहेको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । मुलुकका लागि आयात परिणाममा कमी आउनु सकारात्मक भए पनि राजश्वको लक्ष्यमा भने यो सकारात्मक होइन सूचना अधिकारी शर्माले तर्क गरे ।

यता मदिराको कच्चा पदार्थ आयातको पनि रकम जोड्ने हो भने गत वर्ष मुलुकबाट कुल १ अर्ब ८० करोड ९२ लाख १० हजार ४ सय ८९ रुपैया विदेश पलायन भएको देखिएको छ । स्वदेशमा नै उत्पादन हुनसक्ने बस्तुमा पनि यत्रो रकम बाहिरिनु चिन्ताको बिषय भएको स्थानीय बुद्धिजिबीहरुको भनाइ छ । कृषि प्रधान देशमा खाद्यान्न र मुलुक भित्र उत्पादन हुन सक्ने मदिराजन्य बस्तुमा राज्यले ध्यान दिन पर्ने उनीहरुको सुझाव छ ।

मदिरा प्रयोगका पारखीहरु पर्याप्त भएकोले मुलुक भित्र उत्पादन हुने मदिराको गुणस्तर वृद्धि र ब्रान्डिङ्गको पनि व्यवस्था गर्न सके त्यो अझ प्रभावकारी हुने वर्तमानले पुष्टि गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार प्राधिकरणले भन्यो : ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’