एकै थालोमा ११ मौलिक तीज गीत लोकार्पण

काठमाडौं । तीजको अवसरमा अश्लिल भावका दुईअर्थी गीत आएपछि त्यस्ता गीतको बिरुद्ध मौलिक गीतलाई प्रोत्साहन गर्न सम्बन्धित संघ संस्था जुटेका छन् । यसैक्रममा सांस्कृतिक संस्थान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलगायतको सहकार्यमा राष्ट्रिय लोक सन्चारकर्मी नेपालले ११ वटा मौलिक तीज गीत एकै थलोमा लोकार्पित गरेको छ ।

साँस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, पूर्व अध्यक्ष बद्री पँगेनी, राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, साँस्कृतिक अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बम बहादुर कार्की, प्रस्तोता समाज नेपालका अध्यक्ष शिब हमाललगायतले नाचघरमा एक समारोहबीच ११ वटा गीतलाई सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सार्वजनिक गरिएका ११ वटा मौलिक तीज गीतमा शान्तिश्री परियारको काली पसम की, सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको सीताका माईती, शर्मिला गुरुङ र कमला पोखरेलको बाबाको आँगनी, राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइवाको सारी लरक्कै छन् ।

यस्तै अनिता चलाउने र खेम सेन्चुरीको म राम्रो कि उ राम्रो भन्देऊ, शान्ता जिसी र प्रेम सापकोटा सोनुको फेरी आयो तीज, खुमन अधिकारी र कल्पना पराजुलीको कालो कपाल पारेर फरर, उमा श्रेष्ठको मैदानैमा ताल, सुनिता बुढा क्षेत्रीको चेलीलाई माइती, सरस्वती लामिछानेको सैनाले दिएको ऐना, र शान्तिश्री परियारको स्वरमा रहेको यसपालीको तीज रमाइलो पनि सो समारोहमा सार्वजनिक गरियो ।

कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले मौलिक तीज गीत प्रवर्धनको यो संस्थागत रुपमा सामुहिक अभियान भएको बताईन् । सञ्चारकर्मीले कलाकारका यस्ता मौलिक गीतलाई साथ दिनु पर्ने र भडकिला गीतहरुलाई खबरदारी गर्नु पर्ने उनको सुझाब थियो ।

अग्रज गायक बम बहादुर कार्कीले पछिल्लो समय गीतमा विकृती आएकोमा चिन्ता व्यक्त गरे । तीजमा त चेलीबेटीका सुखदुःखका कथाको गीत बन्नु पर्ने उनको कथन रह्यो । बिकृती गीतमा मात्र नभएर संस्कृतिमा पनि आएको कार्कीले बताए ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक पुनले मौलिक गीत प्रवर्धन अभियानमा जोडिन पाउँदा खुसीलागेको बताए,‘ साँस्कृतिक पर्व तीज भन्ने बित्तिकै नारीहरु जोडिने भएकाले नारीहरुको सुख दुखका कथा गीतमा राखिनु पर्छ ।’ उनले भने,‘ अहिले तीज गीतको नाममा बिकृति साह्रै बढेको छ । संगीत सेन्सरको कुरामा नियमन निकायको रुपमा साँस्कृतिक संस्थानले अधिकार पाएमा त्यस्ता गीतलाई पूणै रोक लगाउने छौं ।’ त्यसका लागी आफुहरुले सरकार समक्ष पत्र पनि उनले बताए ।

तीजको नाममा आएका अहिलेका निकै छाडा गीतहरुका कारण आफुहरुलाई कलाकारको रुपमा चिनाउन पनि गाह्रो हुन थालेको अग्रज गायिका तारा थापाले गुनासो गरिन् । अर्की गायिका शर्मिला गुरुङले पनि तीज गीतका नाममा पछिल्लो समय आएका रत्यौली र आईटम शैलीका जथाभावि गीतको टिप्पणी गरिन् ।

सञ्चारकर्मीले मौलिक गीतलाई प्रोत्साहन गर्नुपर्छ भनेर एकै थलोमा ११ वटा मौलिक तीज गीतलाई सार्वजनिक गरिएको लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले कार्यक्रममा प्रकाश पारे ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी