पाँचौ जिनियर म्युजिक अवार्ड ३६ विधामा प्रदान

काठमाडौं । विभिन्न ३६ विधामा अवार्ड प्रदान गर्दै पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ । समारोहमा अग्रज संगीतकार शम्भुजीत बासकोटालाई नेपाली संगीत क्षेत्रमा साँढे चार दशक भन्दा लामो योगदानको मूल्याँकन स्वरुप ५० हजार रुपैयाँ सहित ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो ।

बन तथा बातावरण राज्यमन्त्री रुपा बिक, अग्रज गीतकार डा. कृष्णहरि बराल, डा. भोला रिजाल आयोजक संस्थाका अध्यक्ष रमेश पाठकलगायतले सो सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।

वर्षको सर्वोत्कृष्ट गीत पुरुष गायन अवार्ड हमेन्त शर्मा, महिला गायनको अवार्ड बानिका प्रधानले, वर्ष संगीत अवार्ड नजर लाग्लानीबाट भिम बिसीले प्राप्त गरे । पप आधुनिक विधातर्फ गीतकारको अवार्ड सचिता कर्माचार्यले, नव गीतकारको अवार्ड आशिष कोईरालाले, आधुनिक संगीतकारको अवार्ड कृष्णभक्त महर्जनले प्राप्त गरे । यस्तै आधुनिक विधामै गायकको अवार्ड ज्ञान सुब्बा थेबेले, गायिकाको अवार्ड सारिका घिमिरेले, नव गायकको अवार्ड रमेश के सिंहले, नव गायिकाको अवार्ड संगीता पंगेनीले, युगल गायनको अवार्ड कमल शर्मा÷राजकुमार शंकरले र ¥यापगीतको अवार्ड सागर सुनारले हाँसिल गरे । आधुनिकबाटै संगीत संयोजकको अवार्ड फणिन्द्र राईले, ध्वनी मिश्रणको अवार्ड दिनेश न्यौपानेले प्राप्त गरे ।

पप आधुनिकमै भिडियो तर्फ महिला मोडलको अवार्ड प्रनिमा दाहालले, जुरी अवार्ड प्रमिता राजघतानीले, पुरुष मोडलको अवार्ड संजित भण्डारीले र जुरी अवार्ड कमल सिंहले पाए । पप विधातर्फ गीतकारको अवार्ड डि. पी. खनाललाई, संगीतकारको अवार्ड गैरे सुरेशलाई, जुरी अवार्ड हरिभक्त बुढाथोकीलाई प्रदान गरियो ।

पप र आधुनिक गीत म्युजिक भिडियो निर्देशन अवार्ड फराज अर्पणले, लाक गीत भिडियो निर्देशन अवार्ड दिएर हातैमाबाट उमेश गुरुले, नव निर्देशक अवार्ड राज लुइंटेलले, युगल गायन पप–आधुनिक गीत अवार्ड धुर्व बिश्को–सुरक्षा सेन्चुरीले, लोक आधुनिक गायकको अवार्ड सुदीप जोशीले, लोक आधुनिक गायिका अवार्ड नसोधबाट शोभा पाण्डेले हाँसिल गरे ।

लोक आधुनिक गीत भिडियो पुरुष मोडलको अवार्ड अभिनेता पुष्प खड्कालाई, महिला मोडलको अवार्ड आश्मा विश्वकर्मालाई, म्युजिक भिडियो छायाँकारको अवार्ड दिनेश पराजुलीलाई, भिडियो सम्पादकको अवार्ड ओम प्रसाइलाई र भिडियो निर्देशनको अवार्ड सोनम पाख्रिनलाई प्रदान गरियो ।

लोक दोहोरीतर्फ सर्वोत्कृष्ट शब्दको अवार्ड कृष्ण भारद्वाजलाई, लयको अवार्ड खेम सेन्चुरीलाई, लोक तथा दोहोरी गीत गायकको अवार्ड मुटु कटक्कैबाट प्रकाश सपुतलाई, गायिकाको अवार्ड समिक्षा अधिकारीलाई, लोक गायकको अवार्ड आच्छा लेकिनबाट चन्द्र शर्मालाई र लोक दोहोरीबाट नव गायकको अवार्ड बिनोद बिसीलाई प्रदान गरियो । यस्तै म्युजिक भिडियोमा शृङ्गारको अवार्ड बिमला तामाङले, लोक पप गायकको अवार्ड सुरेन गौतमले, पप गायकको अवार्ड हिमाल सागरले, लोक तथा दोहोरी गीत पुरुष मोडलको अवार्ड लोमस शर्माले हाँसिल गरे ।

मौलिक गीत गायकको अवार्ड एक नम्बरबाट नमराज ढुङ्गानाले, मौलिक गीत गायिकाको अवार्ड सरिता थापा मगरले, भजन गायक अवार्ड सरोज ढकालले, कोरियोग्राफरको अवार्ड सुरेन्द्र बसेलले, महिला डायस्पोरा गीतकारको अवार्ड रीमा श्रेष्ठले, पुरुष डायस्पोरा गीतकारको अवार्ड नारायण भारतीले, पुरुष डायस्पोरा मोडलको अवार्ड मेघ सुवेदीले, महिला डायस्पोरा मोडलको अवार्ड सन साइन सन्जुले, पब्लीक च्वाइस अवार्ड पिरै पिरमाबाट भूपु पाण्डेले हाँसिल गरे ।

समारोहमा गायक नरहरी प्रेमी, अभिनेता रोशन श्रेष्ठ, पत्रकार ऋषी धमला, पत्रकार गीता अधिकारी, निर्देशक होम धिताल, संगीतकार बिनोद पछाई, मोडल–कलाकार प्रतिक्षा काफ्ले, इन्टरनेशनल इभेन्ट डिरेक्टर निशुकान्त झा लगायतलाई सम्मानित गरियो ।

संगीतकार भानुभक्त ढकाल, राजु सिंह, गीतकार पुरु लम्साल, गायक हेमन्त शिशिर, हिमाल श्रेष्ठ, म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ ‘मलेकु’ लगायत निर्णायक थिए ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ