चर्को गर्मीसँगै ह्वात्तै बढ्यो एयर कण्डिसनको पैठारी

वीरगन्ज । वातावरण प्रति मानिसले देखाएको असहिष्णु व्यवहारले हरेक वर्ष गर्मी बढ्दो छ । यसबाट जोगिन वैकल्पिक उपाय खोज्दा एयर कण्डिसन मेशिनको पैठारी ह्वात्तै बढेको पाइएको हो ।

मुलुक भित्र उत्पादन हुन नसक्ने भएपछि पैठारी गर्नु पर्दा एकै आर्थिक वर्ष करोडौका एयर कण्डिसन मेशिनले नेपालीलाई नपुग्ने तथ्य भेटिएको छ । गएको एक आर्थिक वर्ष २०८०–०८१ मा २ अर्ब ४२ करोड ९१ लाख २४ हजार ५ सय ७ रुपैयाका एयर कण्डिसन मेशिन मुलुकको एउटै भन्सार नाकाबाट नेपाल भित्रिएको तथ्याँकले देखाएको छ । उक्त रकम अघिल्लो आर्थिक वर्ष खरिद गरिएका एयर कण्डिसन मेशिनकोभन्दा ८५ करोड १३ लाख ५ हजार २ सय ९८ रुपैयाले बढि हो । उक्त रकम मुलुकबाट एकै वर्ष एयर कण्डिसन मेशिन खरिदमा बाहिरिएको व्यापार घाटाको एउटा नमूना पनि हो ।

अघिल्लो आर्थिक वर्ष भने कुल १ अर्ब ५७ करोड ७८ लाख १९ हजार २ सय ९ रुपैयाको मात्र एयर कण्डिसन आयात गर्दा नेपालबाट बाहिरिएकोे मुलुको पहिलो ड्राइपोर्ट (सुख्खा बन्दरगाह) भन्सार कार्यालय वीरगन्जको तथ्याँकमा उल्लेख छ । मधेश तराईमा गर्मी सिजनमा विभिन्न वैंक तथा वित्तीय संघ संस्था, घर निवास र अन्य व्यापारिक प्रतिष्ठान र सरकारी कार्यालयहरुमा काम गर्न निकै हम्मे–हम्मे पर्छ । फलतः एयर कण्डिसनको जडानको वाध्यता भएको छ ।

पछिल्लो समय मुलुकको दक्षिणी भू–भाग मात्र नभई समग्र देशमा नै जलवायु परिवर्तनको असर देखा परिसकेको छ । यसले गर्मीबाट जोगिन मानिसले विकल्प खोज्दा यस्ता सामानको मागसँगै आयात पनि बढेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले बताए । मुलुक भित्र उत्पादन नहुने सामान त बाहिरबाट आयात गर्नुको विकल्प छैन । यसले स्वदेशी पैसा पनि बाहिर गहिरहेकै छ उनले तर्क गरे ।

गत वर्ष अघिल्लो वर्षभन्दा ३३ हजार ३ सय ३६ थान एयर कण्डिसन मेशिन बढी भित्रिएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सुशिल शर्माले बताए । अघिल्लो आ.ब.मा कुल ४१ हजार ९ सय ८८ थान मात्र एयर कण्डिसन भित्रिएका थिए । तर गत बर्ष भने यो लगत बढेर ७५ हजार ३ सय २४ थान पुगेछ उनले भने । बढ्दो गर्मीसँगै विकल्पिक उपाय खोजिदा तथ्याँकमा पनि बढोत्तरी भएको उनको भनाइ छ ।

एयर कण्डिसन मेशिन आयात गर्दा भन्सारको राजश्वमा भने अघिल्लो आर्थिक वर्ष (२०७९–०८०) मा भन्दा ०८०–०८१ मा ३८ करोड ४२ लाख ४४ हजार ८ सय ४६ रुपैयाले योगदान पुगेको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । यो भनेको एयर कण्डिसन आयात गर्दा अघिल्लो आ.ब.मा ७४ करोड ५ हजार ३ सय ३१ रुपैया मात्र राजश्व संकलन भएको थियो । तर गत आ.ब. मा सो दायरा बढेर १ अर्ब १२ करोड ४२ लाख ५० हजार १ सय ७७ रुपैया पुगेको पनि भन्सारको तथ्याँकले देखाएको छ ।

तराई मधेशमा विगतमा ४४–४५ डिग्री तापक्रम खासै पुग्दैन थियो । तर चालु गर्मी सिजनमा ४४ डिग्री तापक्रम थ सहजै पुगिसकेको मौसमविद्ले पुष्टि गरे । जलवायु परिवर्तनसँगै हरेक वर्ष गर्मी पनि बढ्दै जाने उनीहरुको भनाइछ । यसले सर्वसाधारणलाई भने सकस थपिदै जाँदा सक्नेले एयर कण्डिसनको प्रयोग बढाएको पनि तथ्याँकले देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय