इन्दिरा गान्धिको रुपमा सम्बोधन गर्दा कंगाना खुसी

मुम्बई । अभिनेत्री कंगना रनौतले शिर्ष भूमिका निर्वाह गरेको राजनीतिक कथनक चलचित्र ‘इमर्जेन्सी’ प्रदर्शनीको तयारीमा छ । ७७औँ भारत स्वतन्त्रता दिवसको अबसरमा यो चलचित्रको ट्रेलर बुधबार रिलिज गरियो । इमर्जेन्सीको ट्रेलर हरेपछि सबैले कंगनालाई पूर्व प्रधानमन्त्री इन्दिरा गाँधीको रुपमा हेरेका छन् । आफुलाई यतिबेला इन्दिरा गान्धी भनेर दर्शकले सम्बोधन गर्दा खुसी लागेको कँगनाले बताएकी छिन् ।

यो चलचित्रको ट्रेलरले दर्शकमा उत्साह थपिएको छ । ट्रेलरमा तात्कादिन प्रधानमन्त्री इन्दिरा गाँधी र त्यतिबेलाको सँकटकालको अबस्था देखाइएको छ । ट्रेलरमा उनीसँगै विपक्षी नेताहरुको दृश्य पनि देखाइएको छ ।

सन १९७५ मा इन्दिरा गाँधीले भारतमा संकटकाल घोषणा गरेकी थिईन् । त्यसबेलाको उनको सासनमा औंला उठाउँदै विपक्षीले चुनौती दिएका दृष्यहरु ससक्त रुपमा यो ट्रेलरमा प्रस्तुत छ । यस्ता दृष्यले चलचित्र निकै प्रभावशाली बनेको कुरा प्रस्ट्याएको छ ।

इमर्जेन्सीमा कंगना रनौतले इन्दिरा गान्धीको भूमिकामा निर्वाह गरेकी छिन् । जसमा अनुपम खेरले जयप्रकाश नारायणको भूमिकामा, श्रेयस तलपडेले अटल बिहारी वाजपेयीको भूमिकामा, अशोक छाबराले मोरारजी देसाईको भूमिकामा, महिमा चौधरीले पुपुल जयकरको भूमिका निर्वाह गरेका छन् ।

यसमा फिल्ड मार्शल साम मानेकशको भूमिकामा मिलिन्द सोमनले, सञ्जय गान्धीको भूमिकामा विशाक नायर र जगजीवन रावको भूमिकामा सतीश कौशिक देखिँदैछिन् । उनीहरुको भूमिका पनि ट्रेलरमा ससक्त देखिएको छ । यो चलचित्रलाई सेप्टेम्बरमा सार्वजनिक गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान