खुसीको कुरा होे, हालैमात्र सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि प्रयास थालिएको छ । यस सम्बन्धमा वित्तीय कार्वाही कार्यदल (एफएटीएफ) ले काम थालेको पनि भनिएको छ । खासगरी सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी व्यवस्था र विद्यमान नीतिनियमहरूको कार्यान्वयनको ’boutमा अध्ययन गर्ने काम थालनी भएको छ ।
कुनै पनि व्यक्तिद्वारा आफ्नो सम्पत्तिका स्रोत र गन्तव्यलाई गोप्य राखेर गैरकानूनी रूपमा कमाएको धन अवैधानिक मानिन्छ । गैरकानुनी कमाइ तर विभिन्न छद्म कारोबार देखाई वैध आर्जित सम्पत्तिजस्तो बनाउने प्रक्रियालाई सम्पत्ति शुद्धीकरण भनिन्छ ।
यस्तो आर्जनमा प्रथम चरणमा अवैध रूपमा रकम सङ्कलन गर्ने काम हुन्छ । दोस्रो चरणमा उक्त रकम कतै राख्ने काम गरिन्छ । त्यसपछि उक्त रकमलाई विभिन्न माध्यमद्वारा बैंकिङ प्रणालीमा प्रवेश गराइन्छ । तेस्रो चरणमा आर्जित अवैध रकमको तहकीकरण गरी बैंक तथा वित्तीय प्रणालीद्वारा प्रयोग गरिन्छ ।
यस्तो जटिल र गोप्य तरिकाबाट आर्जित र संकलित धनको अनुसन्धान निकै गाह्रो हुन्छ । छानबिन गर्ने निकायहरूलाई पत्ता लगाउन निकै गाह्रो हुन्छ । चौथो चरणमा जब उक्त रकमले एकीकृत र औपचारिक रूपमा राज्यको अर्थतन्त्रमा प्रवेश पाउँछ, तब उक्त रकम वैध रूपले आर्जन गरेको जस्तो देखिन आउँछ ।
त्यसैले सम्पत्ति शुद्धीकरण मौद्रिक लाभ गर्ने उद्देश्यले गरिने एक अनैतिक कार्य पनि हो । यो एक गम्भीर आर्थिक अपराध पनि हो । यो प्रक्रियाले वित्तीय कानुनी राज्यको अवधारणा मान्दैन । वर्तमान समयमा सम्पत्ति शुद्धीकरण गर्ने कार्य विश्वव्यापी बनेको छ ।
कुनै पनि देशको सरकार, राज्य व्यवस्था र वित्तीय प्रणालीप्रति यसले वितृष्णा पैदा गरिदिन्छ । यति मात्र होइन, यसले त सिंगो देशको अर्थतन्त्रमा गम्भीर र नकारात्मक असर पार्दछ ।
यसको प्रयोग भर्खर भर्खर आएको हो । सन् १९९१ मा वित्तीय कार्वाही कार्यदल (एफएटीएफ) स्थापना गरिएपछि सम्पत्ति शुद्धीकरण झाङ्गिएको हो । अहिले एक सय तेत्तीसभन्दा बढी देशमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन लागु छ । सन् २००२ मा नेपालले पनि एफएटीएफको क्षेत्रीय संस्था प्यासिफिक ग्रुप अन मनी लन्डरिङको सदस्यता प्राप्त गरेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण नियमावली, २०६६ र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापहरूमा वित्तीय लगानी विवरण रणनीति तथा कार्यक्रम (२०६८–७२) कार्यान्वयनमा ल्याइसकिएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको सूचना बैंकिङ्ग प्रणालीतर्फको नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइबाट र अन्यतर्फको नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान र स्थानीय जनताबाट समेत प्राप्त गरिन्छ ।
(पत्रपत्रिकाको सहयोगमा)






