एजेन्सी मार्फत संगीत रोयल्टी उठाउन थालियो

काठमाडौं । संगीत रोयल्टी सँकलन समाजको स्वत स्पर्शरुपमा रोयल्टी सँकलन नभएपछि एजेन्ट नियुक्त गरेर रोयल्टी सँकलन सुरु गरेको छ । आर्थिक बर्ष २०८०–८१ को असारमसन्तसम्म धेरै भन्दा धेरै रोयल्टी सँकलन गर्नका लागि एजेन्ट कम्पनी नै राखेर सँकलन कार्य सुरु गरिएको संगीत रोयल्टी सँकलन समाजले जनाएको छ ।

यो विषयमा कुरा गर्दै संगीत रोयल्टी सँकलन समाजका महासचिब बी पाण्डे अर्थात बद्री पाण्डेले भने,‘हामीले संगीत रोयल्टी सँकलनको लागि एजेन्टको रुपमा एजेन्सी अथवा कम्पनीहरुलाई विज्ञापन मार्फत आह्वान गरेका थियौं । ६ वटा कम्पनी तथा एजेन्सीले बोलपत्र पठाएकोमा शिब म्युजिक प्रा.लि.लाई नियुक्त गरिएको छ ।’

शिब म्युजिकले देशभरीका टेलिभिजन काम्पनी, रेडियो एफएम, होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, मनोरञ्जन केन्द्र, यातायातका साधन तथा अन्य गीत संगीत प्रयोग हुने व्यबसायिक स्थलमा पुगेर संगीत रोयल्टीको लागि पहल गर्ने पनि महासचिब पाण्डेले बताए,‘उहाँहरुलाई कसैले नगद रुपमा रोयल्टी तिर्नुहुन्छ भने शिब म्युजिकले त्यो रकम हामीलाई बुझाएर सम्बन्धित कम्पनीलाई संगीत रोयल्टी सँकलन समाजको रसिद बुझाउनु पर्ने हुन्छ । हैन, भने उहाँहरुले संगीत रोयल्टीको खातामा जम्मा गर्न पहल गर्नु हुनेछ ।’

मुलुकभर शिब म्युजिकका सय भन्दा बढी प्रतिनिधिहरुले संगीत रोयल्टी सँकलनको लागि पहल गरिरहेको पनि महासचिब पाण्डेले जानकारी गराए,‘ सो बापत शिब म्युजिकलाई संगीत रोयल्टी सँकलन समाजले निश्चित कमिसन दिने सम्झौता गरेको छ ।’

पछिल्लो समय कतीपय होटल रेष्टुरेन्टले गीत संगीत नबजाउने सर्तमा संगीत रोयल्टी तिर्न नमानेको ’bout महासचिब बी पाण्डेले भने,‘उहाँहरुले कम्पनी दर्ता गर्दानै गीत संगीत प्रयोग नगर्ने लिखित सम्झौता गर्नु भएको छ र त्यसलाई पालना गर्दै गीत संगीत नबजाएमा रोयल्टी तिर्नु पर्दैन ।’ उनले अगाडि थपे,‘तर रोयल्टी नगर्ने लुकी लुकी गीत संगीत बजाउने काम गरेको खण्डमा जरिवानासहित सजाय पनि हुने जानकारी गराउँदछु ।’

एजेन्ट नियुक्त गरेपछि बिगतको भन्दा यसपाली धेरै नै रोयल्टी उठ्ने देखिएको संगीत रोयल्टी संकलन समाजको कथन छ । अर्को तर्फ नेपालमा बिदेशी गीत संगीत बजेको खण्डमा त्यसको रोयल्टी तिर्न नपर्ने व्यबसायीहरुको तर्क’bout समाजका महासचिब पाण्डेले भने,‘संगीत रोयल्टी सँकलन गर्ने अन्तराष्ट्रिय महासञ्जाल सिस्याकमा विश्वका ११६ देश र ती देशका २२५ भन्दाबढी संगीत रोयल्टी सँकलन सोसाईटी जोडिएका छन् । आफ्ना सदस्य भएका राष्ट्र जनु भए पनि त्यो राष्ट्रको गीत एउटा देशमा बजेको पाईएका त्यो रोयल्टी उठाएर सम्बन्धित श्रष्टालाई दिन सोही देशको संगीत रोयल्टी सँकलन समाजलाई पठाउनु पर्छ ।’ जस्तै बेलायतमा नेपाली गीत बज्दा बेलायतले त्यो गीतको रोयल्टी नेपाललाई र नेपालमा बेलायतको गीत बज्दा त्यो गीतको रोयल्टी नेपालले बेलायतलाई पठाउनु पर्ने नियम रहेको र पठाउँदै आएको पनि पाण्डेले प्रकाश पारे ।

रोडियो, टेलिभिजनले कुनैपनि देशको गीत बजाउँदै त्यसको सूची सम्बन्धित देशको संगीत रोयल्टी सँकलन समाजलाई अनिवार्य बुझाउनु पर्ने नियम भएकाले कार्यक्रममा कुन गीत बज्यो भन्ने’bout जानकारी हुने पनि महासचिब पाण्डेको कथन छ,‘यसरी रेडियो टिभीमा बजेको गीतको बास्तविक रोयल्टी पाउन र बास्तविक श्रष्टालाई बुझाउन सजिलो छ । तर यातायात, होटल, रेष्टुरेन्ट जस्ता सार्वजनिक व्यबसायिक क्षेत्रमा बजेको गीतको श्रष्ट छुट्याउन गाह्रो भएकाले समग्रमा रोयल्टी लिने गरिएको छ ।

संगीत रोयल्टी सँकलन समाजले यसरी व्यबसायीबाट प्राप्त रोयल्टी समाजका सदस्यलाई दामासाही रुपमा प्रदान गर्दै आएको पनि समाजले जानकारी गराएका छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी