प्रेमको अनूभुति

माया ! आजहजार वर्षपछि
मैले तिमीलाई पाए
यो मिलन सायद भगवानको चाह रहेछ
मैले तिमीमाभगवान् पाए
भगवान् भनेको प्रेम हो पूजाहो
मैले प्रेम पाए
र, त्यहीँ प्रेमलाई पूजा गरिरहेछु ।

जीवनयति सुन्दर पनि रहेछ
मायायति मिठो पनि रहेछ
सुन्दरता हराईसकेको,
माया मरिसकेको म भित्र
तिमीले फेरि माया भरिदियौ
सुन्दरताथपिदियौ ।

तिम्रो मायाले म आज,
ओतप्रोत भएको छु
तृप्तभएको छु ।
रमैले आफ्नो आँखाबाट,
आँसु बगाएको छु
आँसु यस्तो रैछ,
दुख र सुखमा उसैगरि बग्छ
जसरी बग्छौ हामी,
एकअर्काको मायामा।

मेरो हात र साथतिमी सँग सधैं छ
तिमी बस हिम्मत राख्नु
जित्नु यो संसारलाई
तिम्रो नाम हरेक मान्छेको मुखमाहोस्
तिम्रो वरिपरि करोडौँ मान्छेहोउन्
अनिकतै टाढाबाट म तिम्रो खुशी हेरिरहुँ
तिमीलाई हेरिरहुँ ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा आजदेखि डा. केसी अनशन बस्दै, अनशनअघि नै विरोधको लहर