दुबई । अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र बनाएको छ । पछिल्ला घटनाक्रममा अमेरिकी हवाई आक्रमण विस्तार हुनु, इरानको कडा प्रतिकार चेतावनी, हुथी विद्रोहीको समुद्री गतिविधि, कुवेतको हवाई सुरक्षा सक्रिय हुनु तथा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।
अमेरिकी सेनाले लगातार १२औँ रात इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आक्रमण अभियान निरन्तर जारी छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले दक्षिणपश्चिमका रामसिर र अहवाज सहर तथा खाडी तटीय बुसेहर प्रान्त अमेरिकी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको बताएका छन् ।
यसैबीच, अमेरिकी ऊर्जा मन्त्रालयले साउदी अरेबियासँग नागरिक आणविक सहयोगसम्बन्धी ऐतिहासिक सम्झौता भएको घोषणा गरेको छ । सो सम्झौताले साउदी अरेबियामा नागरिक आणविक कार्यक्रम विकासका लागि कानूनी आधार तयार गर्ने जनाइएको छ । अमेरिकाले सम्झौतामा आणविक हतियार प्रसार रोक्न आवश्यक सुरक्षा प्रबन्ध समावेश गरिएको जनाएको छ ।
यता, कुवेतको सेनाले इरानी आक्रमणपछि बिहीबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुपक्षका ड्रोनहरू अवरोध गरेको जनाएको छ । सेनाले सुनिएका विस्फोटहरू हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्दा भएको स्पष्ट पारेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी पूर्वाधारमाथि आक्रमण गरे त्यसको शक्तिशाली र निर्णायक जवाफ दिइने चेतावनी दिएका छन् । अमेरिकाले हर्मुज जलघाँटीमा लक्षित प्रत्येक जहाज आक्रमणको बदलामा इरानका पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएपछि उनको प्रतिक्रिया आएको हो । इरानको रक्षा सिद्धान्त ‘जस्तो आक्रमण, त्यस्तै प्रतिकार’ भएको अराघचीले बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हर्मुज जलघाँटीमा कुनै पनि जहाजमाथि आक्रमण भए त्यसको बदलामा इरानको एउटा पुल वा विद्युत् केन्द्रमा आक्रमण गरिने चेतावनी दोहो¥याएका छन् । उनले युद्धमा अमेरिकाले हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च गरिसकेको उल्लेख गर्दै आवश्यक परे थप कदम चालिने बताएका छन् ।
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी कम्पनीको एउटा तेल ट्यांकरमा आक्रमण गरेको दाबी गरेका छन् । हुथीहरूले यसअघि साउदी बन्दरगाहहरूमा समुद्री नाकाबन्दी गर्ने चेतावनी दिएका थिए । पाँच महिनादेखिको युद्धका कारण हर्मुज जलघाँटीको आवागमन पनि प्रभावकारी रूपमा प्रभावित बनेको छ ।
अन्तर्राष्ट्रिय चेम्बर अफ शिपिङ –आईसीएस) का अनुसार हुथी विद्रोहीहरूले लाल सागर क्षेत्रमा सञ्चालनरत जहाजहरूलाई रेडियोमार्फत चेतावनी सन्देश पठाउन थालेका छन् ।
सम्बन्धित समाचार
दर्जनौँ व्यापार साझेदार मुलुकलाई असर गर्ने गरी नयाँ शुल्क घोषणा गर्ने तयारीमा अमेरिका
अमेरिकी राष्ट्रपति ट्रम्प हत्या योजनावारे इजरायलसँग नयाँ सूचना
बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई ‘आकर्षक स्किम’
दुर्गेशले प्रियंकालाई किन दिए ८ लाखको गीत उपहार ? यस्तो छ कारण
पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी
प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टेलिकम टावर चढेका युवकको सकुशल उद्धार
देउवाको सन्देशः ‘लोकतन्त्रमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य छैन’






