२४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा, त्यसपछि दोलखा

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ ।

महाशाखाका अनुसार दोलखाको लामाबगरमा ८१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा मुख्यतः पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भएको जानकारी दिए ।

उनका अनुसार, पछिल्लो छ घण्टामा सबैभन्दा बढी वर्षा जाजरकोटमा पाँच दशमलव ६ मिलिमिटर मापन भएको छ । यस अवधिमा काठमाडौं, सुर्खेत र कैलाली आसपासका क्षेत्रमा पनि हल्का वर्षा भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

घुसबापत लिएको ५ लाख रुपैयाँसहित कर अधिकृत युवराज पाल पक्राउ