कोरोना महामारी संक्रमणलाई रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेको मौका पारेर चोरी सिकारीको निकै सक्रियता बढेको छ । यस्तो अवस्थामा सरकारले तिनीहरूविरुद्ध सुरक्षाकर्मी परिचालन गरी नियन्त्रणमा लिन जरुरी छ । लकडाउनको संकटकालीन अवस्थामा सुरक्षाकर्मीको ध्यान महामारी नियन्त्रणतिर गइरहेका बेला जंगलमा चोरी सिकारीको उपस्थितिमा बढोत्तरी आएको हो । राष्ट्रिय विपद् र महामारीमा गैरकानुनी धन्दाले प्रश्रय पाउने गरेको उदाहरण विगतदेखि नै छन् । यसलाई मध्यनजर गरी सुरक्षाकर्मीले चोरी सिकारीको पिछा गरेको देखिन्छ । गैरकानुनी काम गर्नेहरू यस्ता विपद्का बेला मौका छोपेर आफ्नो स्वार्थअनुरूपका धन्दा पूरा गर्ने दाउँमा रहेका हुन्छन् । लकडाउनका बेला सुरक्षाकर्मी मात्र होइन, जनता पनि आफ्ना घरबाहिर निस्कन अनुमति नहुँदा चोरी सिकारीका लागि यो एक सुवर्ण अवसरजस्तै हो । कोराना महामारी नियन्त्रणमा लकडाउनसँगै सामाजिक दूरी कायम गरेझैं चोरी सिकारीको महामारीमा पनि त्यत्तिकै नियन्त्रण र निगरानी जरुरी छ ।
नेपालमा स्थानीय चोरी सिकारी रहेकाले नियन्त्रणमा केही असहजता रहने गरेका छन् । त्यसो त विश्वमा रहेका जंगल, आरक्ष तथा निकुञ्जमा हुने गरेका यस्ता चोरी सिकारीका घटनामा स्थानीयले साथ र सहयोग नगर्ने भए चोरी सिकारी सम्भव नै छैन र हुने थिएन पनि । तर, नेपालमा स्थानीय नै स्वयं चोरी सिकारी छन् । स्थानीय नै चोरी सिकारी रहेका स्थानमा जति बेला पनि र जेजसरी भए पनि जंगलमा रहेका जनावर उनीहरूको फन्दामा पर्न सक्छन् । आहाराको खोजीमा जंगली जनावर जंगलनजिकै रहेका गाउँमा पस्ने, गाउँनजिकैको बाटो भएर हिँड्ने, पानी पँधेरोमा पुग्ने वा घरगोठनजिकैबाट बाटो काट्ने तथा कहिलेकाहीँ बाटो बिराएर वा बाघजस्ता हिंस्रक जन्तुबाट लखेटिँदा गाउँमा पस्ने भएकाले ती स्थानीय चोरी सिकारीको निसानामा सजिलै पर्न सक्छन् । यस अतिरिक्त स्थानीय चोरी सिकारीले गौंडा, गल्छेडा, बासस्थान, पानीघाट, भीरपहरा र छहराजस्ता भूबनोट र स्थानीय विशिष्टताको निकै राम्रो गरी पहिचान गरेका हुन्छन् । यस्ता अप्ठ्यारा चोरी सिकारीका लागि सप्ठ्यारा वा सहयोगी सिद्ध भइदिन्छन् ।
हाल सुरक्षाकर्मीले नियन्त्रणमा लिएका चोरी सिकारी स्थानीय नै छन् । जंगलको ’round बसेका ती स्थानीयले सुरक्षाकर्मीको सुरक्षा पोस्ट, सुरक्षाकर्मीको समयतालिका, आनीबानी, सुरक्षाकर्मीको संख्या, सुरक्षाकर्मीले गस्तीमा जाने बाटो, फर्कने बाटो, समयको पहिचान निकै गहिरो गरी ख्याल गरिरहेका हुन्छन् । स्थानीय भट्टी पसल, चौतारी गफ, चिया गफ, हाइहलो र हिमचिम, ठट्टामजाक, सुरक्षाकर्मीबीचको अन्तर्विरोध वा बेमेल र कहिलेकाहीँ सुरक्षाकर्मीसँगकै मिलेमतोबाट निकै सूचना प्राप्त गरी आफ्नो तयारी गरिरहेका हुन्छन् । यस’bout सुरक्षाकर्मीमा आवश्यक सतर्कता नदेखिँदा वा कहिलेकाहीँ लोभमा पर्दा नचिताएको पैमानामा जंगली जनावरको चोरी सिकारी हुने गर्दछ । यस अतिरिक्त चोरी सिकारीले कहिलेकाहीँ ‘फल्स’ वा नाटकीय अभिनय पनि गर्ने गर्दछन् । स्थानीयलाई जंगलमा दाउरा लिन पठाउने, घाँस काट्न पठाउने, काठ काट्न पठाउने र आफूहरू त्यहाँबाट लखेटिएका जनावरको टाढाको दूरीमा रहेर सिकार गर्ने गर्दछन् । कहिलेकाहीँ एकातिर बन्दुक पड्काउने र सुरक्षाकर्मीको ध्यानाकर्षण गर्ने अनि अर्कोतिर वास्तविक सिकार गरी सिकार लिएर भाग्ने पनि गर्ने गरिरहेका हुन्छन् । यस’boutमा सुरक्षाकर्मी त्यति अनविज्ञ पनि छैनन् । तर, आधुनिक हतियार र नयाँ तौरतरिकासहितका यस्ता चोरी सिकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई नयाँ तौरतरिका, हातहतियार र तयारीको आवश्यकता जरुरी छ ।






