राजविराज । अपाङ्गता भएकाहरुको शिक्षामा पहुँच विषयक प्रदेश स्तरीय सम्वाद कार्यक्रम बुधवार राजविराजमा सम्पन्न भएको छ ।
सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको आयोजना तथा एशिया फाउन्डेशनको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अपाङ्गगता लगायतका क्षेत्रमा संस्थाले गरेको कामका ’boutमा अध्यक्ष ध्रुव प्रसाद देवले विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य यादवले शिक्षामा फरक क्षमता भएका बालबालिकाको सहज पहुँच कायम हुन सके मात्र सबैका लागि शिक्षा अभियान सफल हुन दावी गरे । कार्यक्रका विशिष्ट अतिथि पूर्व कृषि मन्त्री तथा प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले फरक क्षमता भएका तथा फरक लिङ्गी बालबालिकाको लागि गैरसरकारी संस्थाको मात्र भर पर्नुभन्दा पनि जनप्रतिनिधि, राजनितीकर्मी लगायत सबै पक्षले आ आफ्नो तर्फबाट भूमिका खेल्न आवश्यक रहेको बताए ।
संस्थाका अध्यक्ष धु्रव प्रसाद देवको अध्यक्षतामा आयोजित कार्यक्रममा एशिया फाउनडेशन मधेश प्रदेशका प्रोजेक्ट म्यानेजर रोशन झा, कार्यक्रम संयोजक राकेश यादव लगायतले पनि बोलेका थिए ।
कार्यक्रममा मधेश प्रदेश भित्रका शिक्षा क्षेत्रका अगुवा तथा विभिन्न पालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा सहजकर्ताहरुको सहभागिता रहेको थियो ।






