पहिलो साता पुष्पा २ ले विश्वव्यापी कमायो १००० करोड

मुम्बई । गत बिहीबार विश्वव्यापी रिलिज भएको भारतीय चलचित्र ‘पुष्पा २’ले पहिलो साता बुधबारसम्म विश्वव्यापी रुपमा एक हजार करोड भन्दामाथिको व्यापार गरेको छ । यो चलचित्रको वितरक संस्थाले बिहिबार निकालेको विज्ञप्ति अनुसार चलचित्रले पहिलो साता बुधबारसम्म विश्वव्यापी रुपमा एक हजार करोड भन्दा माथिको व्यापार रहेको हो ।

यस्तै यो चलचित्रले रिलिज भएको सातौं दिन बुधबार भारतमा ४२ करोडको व्यापार गरेको छ । सातौं दिनमा यति धेरै व्यापार गर्ने चलचित्र पनि पुष्पा २ नै सावित भएको छ । चलचित्रले पहिलो सातामा भारतमा मात्र ७०० करोड भन्दा माथिको व्यापार गर्ने अनुमान थियो । तर पहिलो सात दिनमा भारतमा यो चलचित्रले ६८७.३१ करोडको व्यापार गरेको छ । तथापि भारतमा पहिलो साता यति ठुलो व्यापार यस अघि कुनै पनि भारतीय चलचित्रले गरेको थिएन । व्यावसायिक हिसाबले चलचित्र पुष्पा २ ले अहिलेसम्मका सम्पूर्ण भारतीय चलचित्रको रेकर्ड तोडेको छ ।

अभिनेता अल्लु अर्जुनको शिर्ष भूमिका रहेको यो चलचित्रको शुक्रबारबाट आईतबारसम्म फेरी पनि बुकिङ भारतमा लगभग सबैतिर फुल हुन लागेको पनि वितरक संस्थाले जनाएको छ । यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् । चलचित्रको लम्बाई ३ घन्टा २० मिनटको रहेको छ । यो चलचित्रमा अल्लु अर्जुनसंगै रश्मिका मण्डना, फहद फासिल, श्रीवल्ली, अनसूया भारद्वाज, जगदीश प्रताप बन्दरी, दिबी वड्थ्य, जगपति बाबु, प्रकाश राज, धनञ्जय, अजय घोषलगायतको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

थाइल्याण्डको सिनेटको मतदान ठगीमा ७७ व्यक्तिविरुद्ध कानुनी कारबाहीको आदेश