बैंकक । थाइल्याण्डको निर्वाचन आयोगले सोमबार सिनेट निर्वाचन ठगीविरुद्ध कडा कारबाहीको घोषणा गर्दै ७७ व्यक्तिविरुद्ध फौजदारी कारबाही सुरु गर्न र सर्वोच्च अदालतमा अयोग्य भएको निवेदन दायर गर्ने दिशामा निर्णय गरेको छ । यसमा २६ जना बहालवाला सिनेटरहरू समावेश छन् ।
एक वक्तव्यमा आयोगले भनेको छ, “यो निर्णय सन् २०२४ को माथिल्लो सदन निर्वाचनमा भएको व्यापक अनुसन्धानपछि आएको हो, जसमा संगठित सञ्जाल, उम्मेदवार मतदान समूह र नगद भुक्तानीका प्रमाण फेला परेका छन् ।”
आयोगले ४२७ आरोपित व्यक्ति र ६७ आवेदक संलग्न ७५ हजार ७२२ पृष्ठको विस्तृत अनुसन्धान कागजातको समीक्षा गरेको थियो ।
आरोपहरू सात अलग–अलग उल्लंघनका विषयमा रहेका छन् ।
आरोपमा राजनीतिक अधिकारीहरूद्वारा अनधिकृत निर्वाचन सहायता, गैरकानुनी परिचय विधि, सम्पत्ति वा वित्तीय घूस, र मतदान नतिजालाई प्रभाव पार्न घूस माग्ने वा स्वीकार गर्ने कार्यहरू गरेको उल्लेख छ ।
विशेष अनुसन्धान विभागको प्रारम्भिक निष्कर्षले उम्मेदवार समूहहरू संरचित सञ्जालहरूलाई व्यवस्थापन गर्ने, तहगत क्षतिपूर्ति प्रदान गर्ने, यात्रा व्यवस्थित गर्ने र मतदान चार्ट वितरण गर्ने गरेको ठहर गरेको छ ।
यो कार्यले प्रत्यक्ष रूपमा निर्वाचन नतिजा निर्धारण गथ्र्याे ।
आयोगले उसलाई ६० दिनभित्र आफ्ना औपचारिक निर्णयहरू अन्तिम रूप दिन र सर्वोच्च अदालतमा याचिकाहरू पेश गर्ने जिम्मा दिइएको छ ।
थाई कानुनअनुसार, सर्वोच्च अदालतले याचिका स्वीकार गरेपछि आरोपित बहालवाला सिनेटरहरूले अन्तिम फैसला नआएसम्म तुरुन्तै आफ्ना आधिकारिक कर्तव्यहरू स्थगन गर्नुपर्नेछ ।
दोषी ठहरिएमा उनीहरूको सिनेटको प्रतनिधित्व स्थिति स्थायी रूपमा समाप्त हुनेछ । खाली भएका सिनेट सिटहरू आधिकारिक बाँकी सूचीबाट उम्मेदवारहरूको छनोट गरेर भरिनेछन् ।
यदि बाँकी सूची सकिएमा, संसदीय कार्यहरू कायम राख्न योग्य ‘विभिन्न समूहबीच गोलाप्रथा गर्ने वा नयाँ स्थानीयकृत निर्वाचन आयोजना गर्ने जस्ता वैकल्पिक संयन्त्रहरू सक्रिय हुनेछन् ।
सम्बन्धित समाचार
रुसद्वारा इरानलाई सुपरसोनिक मिसाइलमा सघाएको खुलासा
भोटेकोशी बाढीवारे चिनियाँ रक्षा मन्त्रालयले यस्तो विवरण सार्वजनिक गर्यो
इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र
तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
अमेरिकाको मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु
ह्यारी–मेघनको शाही हैसियत यथावत्
अगस्टमा विश्व इतिहासमै अहिलेसम्मकै उच्च तापक्रम
मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए





