एकै थलोमा चलचित्र सिक्दै ५४ जना

काठमाडौं । ललितपुरको सिनेपाल स्टुडियो, भैसेपाटीमा यतिबेला ५४ जना विधार्थीहरु एकै थलोमा रहेर हलिउड शैलीको चलचित्र निर्माण प्रकृया सिकिरहेका छन् । अन्तराष्ट्रिय स्तरको नेपाली चलचित्र निर्माणको लागि उनीहरुले शुक्रबारबाट चलचित्र निर्माण प्रशिक्षण लिन सुरु गरेका हुन् ।

चलचित्र विकास बोर्डले उनीहरुलाई यो अवसर दिएको हो । २८ मंसिरबाट सुरु भएको ‘फिल्ममेकिङ मास्टरक्लास’ पाँच दिनसम्म जारी रहने आयोजक संस्था चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले जनाएका छन् ।

‘यस माष्टरक्लाशको मुख्य उदेश्य अंग्रेजी तथा अन्य विदेशी चलचित्र सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धि गर्नु हो । यो माष्टरक्लसलाई अष्ट्रेलियामा चलचित्र विषयमा स्नातकोत्तर गरेका सरोज कुमार चौहानले प्रशिक्षण नेतृत्व गरिरहनु भएको छ ।’ बोर्ड अध्यक्ष डिसीले बताए ।

यो कार्यशालाले चलचित्र निर्माणमा आफ्नो ज्ञान र सीपहरू गहिरो बनाउन चाहने विद्यार्थीहरूलाई उत्कृष्ट सिप सिक्ने अबसर प्रदान गर्ने लक्ष्य राखेको पनि उनले बताएका छन् ।

नेपालमा राम्रा चलचित्र निर्माणको लागि कार्यशालाहरु निकै कम हुने गरेको छ । यस्ता कार्यशालाले राम्रा चलचित्र निर्माणमा अझ चलचित्रकर्मीलाई प्रेरित गर्ने विश्वासका साथ यो मास्टर क्लास आयोजना गरिएको आयोजक चलचित्र विकाश बोर्ड अध्यक्ष डिसीले बताएका छन् ।

अष्ट्रेलियामा आफुले चलचित्र निर्माण’bout गरेको अध्ययन र सिकेको सिपहरु यो कार्यशाला मार्फत नेपाली चलचित्रकर्मीलाई सिकाउन पाउँदा खुसी लागेको प्रशिक्षक सरोज कुमार चौहानले बताएका छन् । विदेशमा कसरी अन्तराष्ट्रिय स्तरको चलचित्र निर्माण गरिन्छ भन्ने’bout आफु र आफ्नो टिमले यो कार्यशालामा प्रशिक्षण दिईरहेको पनि उनले जानकारी गराए ।

चौहानका अनुसार प्रत्यक्ष चलचित्र निर्माण प्रदर्शन र ह्यान्ड्स अन अवसरहरू मार्फत, सभागीहरूलाई छायांकन कला, प्रकाश परिचालन कला, कला डिजाइन, स्टेजिङ र निर्देशनको उपयोगद्वारा कसरी नेपाली चलचित्रलाई हलिउड चलचित्रको जस्तो रुप सिर्जना गर्ने भन्ने’bout प्रशिक्षण दिनेकार्य भईरहेको छ । भिजुअल देखि स्क्रिनसम्म सिनेम्याटिक प्रक्रिया पनि आफुहरुले सिकाईरहेको चौहानले जानकारी गराएका छन् ।

प्रशिक्षक चौहानका अनुसार यो प्रशिक्षण पश्चात कार्यशालामा सहभागिहरुले एक एक लघु चलचित्रको निर्माण गर्नेछन् । ती लघु चलचित्रहरुलाई आगामी ५ पुषमा चलचित्र विकास बोर्डको प्रेक्षालयमा प्रदर्शन गरिने छ । उत्कृष्ट चलचित्रलाई पुरस्कार प्रदान गर्दै यो कार्यशाला सम्पन्न गर्ने पनि आयोजक पक्षले जानकारी गराएको छ ।

यो कार्यशालामा चलचित्रकर्मी, चलचित्र अध्ययन गरिरहेका विधार्थीदेखि चलचित्रसंग चासो राख्ने व्यक्तिहरु पनि सहभागी भएका छन् । पाँच दिनमै अन्तराष्ट्रिय सोचको चलचित्र निर्माण गर्ने ज्ञान हाँसिल गर्न सकिन्छ भन्ने विश्वासका साथ आफुहरु प्रशिक्षणमा सहभागी भएको प्रशिक्षार्थीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

epaper

ताजा समाचार

प्रज्ञा प्रतिष्ठानदेखि सेन्सर बोर्डसम्म पदाधिकारी विहीन