वीरगन्ज । मधेश प्रदेशमा पर्यटक प्रवद्र्धनसँगै आवश्यकताका आधारमा पर्यटक प्रहरीको ईकाईहरु बढाईने सरोकारलावाले बताएका छन् । पर्यटन सुरक्षा र प्रवद्र्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भुमिका बिषयमा भएको कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रम पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको आयोजना र होटल तथा पर्यटन व्यवसायी संघ पर्साको सहकार्यमा भएको हो ।
पर्यटक प्रहरीले पर्यटकलाई पर्यटकमैत्री व्यवहार गरेको महसुस हुने गरी कार्य सम्पादन अगाडी बढाइइने नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले बताए । उनले सो क्रममा मधेश प्रदेशमा आवश्यकताका आधारमा पर्यटक पर्यटक प्रहरीका ईकाईहरु थप गर्ने तर्क गरे ।
पर्साका होटल तथा पर्यटन व्यावसायिहरुले उठाएको विभिन्न जिज्ञासामा उनले गलत नियतले भारतीय पर्यटक चढेका भारतीय नम्बर प्लेटका सवारी साधनहरु माथिको झण्झटिलो चेकजाँच पनि निरुत्साहित गर्दै जाने बताए । गलत नियत राखी कुनै सुरक्षाकर्मीले भारतीय पर्यटकीय सवारी साधनलाई दुःख दिएको भेटिए तुरुन्तै कार्वाही गरिने पनि सबै सामु आश्वासन बाँडे ।
तत्काल काम गरिएको नदेखिए पनि अब मधेश प्रदेशमा पर्यटन प्रवद्र्धनमा ठोस काम गर्ने मधेश प्रदेशका उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री शकिल मियाले दावी गरे । आफू भर्खरै मन्त्री बनेकोले धेरै कुरा बुझ्न बाँकी रहेकोले त्यसलाई बुझ्दै जनतालाई महसुस हुने गरी राम्रो काम गर्ने उनको दावी छ । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नयब उपरीक्षक रिपेन्द्र सिंहले पर्यटक प्रहरीले हालसम्म गरेका कार्य विवरण, प्रगति र आम पर्यटकहरुको बिषयमा डकुमेन्ट्री प्रदर्शन गरे ।
सो क्रममा उनले कहिले काही विदेशी पर्यटकलाई गलत नियतले नेपालीहरुबाट पनि दुःख दिने गरेको र कहिले काही केही पर्यटकले यहाँ आएर पनि अवैध कार्य गरेको भिटिएको उनले बताए । प्रहरीले निगरानी सहित सकारात्मक कार्य गर्दै अगाडी बढेको उनको दावी छ ।
समग्र होटल तथा पर्यटन व्ययसाय क्षेत्रका आम समस्याहरु समाधानका लागि विभिन्न उपायहरु उपनाईनु पर्ने होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको बताए । विशेष गरी प्रहरीहरुले होटल व्यवसायीहरु माथि अभद्र व्यवहार नगरी दिन पनि प्रहरीको माथिल्लो निकायबाटै सुझाव दिइनु पर्ने पनि उनले तर्क गरे ।
पर्यटक प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रनानी प्रराज चौलागाईंले सहजीकरण गरेको कार्यक्रममा ठोरी गाउँ पालिका प्रमुख लालबहादुर श्रेष्ठले मधेशमा पनि पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना रहेकोले प्रहरीहरुको पनि सकारात्मक सहयोगको आवश्यकता रहेको औल्याए ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, स्थानीय नेता ओम प्रकाश शर्राफ, वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, हान मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष मोहन प्रधान, होटल व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष बिद्यालाल प्रसाद साह, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव माधब बस्नेत सचिव सन्दीप बस्नेत, होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य हिरा श्रेष्ठ लगायतले पर्यटन प्रवद्र्धन र पर्यटक प्रहरीको सहकार्यले पर्यटक लोभ्याउने कार्य गर्न सकिने बताएका थिए ।






