यू–१९ सिरिजः नेपालले हङकङलाई दियो २९८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा जारी एकदिवसीय यू–१९ सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङलाई २९८ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनायो। नेपालका लागि ओपनर सोहिल कुँवरले सर्वाधिक ८१ रन जोडे । कुँवरले १०९ बलमा ९ चौका र एक छक्का प्रहार गरे ।

यस्तै, सन्तोष यादव ६६ रनमा अविजित रहँदा कप्तान अभिषेख तिवारीले २६, अपराजित पौडेल ११, दिलसद अलिले ४१ रन बनाए ।

बलिङमा हङकङका डेनियल म्यापले ३ विकेट लिए । सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित