भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको १ करोड १ लाख रूपैयाँ

काठमाडौं । भोटेकोशी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले बाढीका कारण भएको ठूलो मानवीय तथा धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कम्पनीले पीडाको यस घडीमा बाढी प्रभावित परिवारसँग आफू सँगै रहेको जनाएको छ। मानवीय संवेदना र सहकार्यका साथ पीडितको घाउमा मल्हम लगाउनु सबैको साझा दायित्व भएको कम्पनीको भनाइ छ। बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत भदौ ११ गते २१ लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ।

यसका अतिरिक्त कम्पनीले थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको १ करोड १ लाख रूपैयाँ