काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
देशभर आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जेजीआईले जनाएको छ।
जेजीआईले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ।
जेजीआईले बाढीबाट प्रभावित नागरिकको साथमा सधैँ रहने प्रतिबद्धता व्यक्त गर्दै बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)
सम्बन्धित समाचार
सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल
भोटेकोशी बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको १ करोड १ लाख रूपैयाँ
चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ६९ पैसा हुँदा अन्य विदेशी मुद्राको कति ?
चन्द्रनिगाहपुरमा टिभिएस मोर्टसको अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक
बडीमालिका पूजाका लागि धनगढी उपमहानगरको सरकारी टोली बाजुरा प्रस्थान
कृषि उत्पादन वृद्धि गर्न विभिन्न बालीका उन्नत जात विकास
सुदूरपश्चिमका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन
ब्रहमकुमारीद्वारा रक्तदानको आयोजना





