सुनार कपिलवस्तुको उत्कृष्ट प्रहरी

कपिलवस्तु । जिल्लाको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरवहादुर सुनारलाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । उनले आफ्नो जिम्मेवारीलाई पूर्ण निष्ठा र दक्षतासाथ निभाउँदै कपिलवस्तु जिल्लामा अपराधका घटनाहरुको अनुसन्धानमा सफल भूमिका निर्वाह गरेको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको हो ।

सुनारले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कर्तव्य ज्यान जस्तो जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरुलाई तत्काल घटनास्थलमा खटि अनुसन्धान पश्चात पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी आमनागरिक माझ प्रहरी सङ्गठनको गरिमालाई उच्च राख्न पु-याउनु भएको योगदानको उच्च कदर गर्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाले जनाएको छ।

सुनारलाई नगद तथा प्रशंसापत्र पनि प्रदान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै