क्रिकेटको मज्जा लिइरहेको समयमा अवैध खेलाडी पक्राऊ

वीरगन्ज । मुलुकभर क्रिकेटको मज्जामा सारा नेपाली झुमिरहेको समयमा पर्साको वीरगन्जमा भने अवैध खेल खेल्दै गरेका ६ खेलाडी रंगेहात पक्राउ परेका छन् । उनीहरु अवैध खेल ‘जुवातास’ खेलिरहेको समयमा आर्थिक नगरी वीरगन्जको मुटु आदर्शनगर बजार स्थित एक घरबाट रंगेहात पक्राउ परेका हुन् ।

अवैध खेल जुवाताल खेलिरहेको खालबाट खेलाडीहरु सहित १ लाख ४५ हजार ५ सय ४० रुपैया नगद रुपैया पनि बरामद भएको पर्साका प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए । ‘पर्सा प्रहरीले ६ जना अभियुक्त सहित उक्त रकम र तीन बुक तास पनि बरामद गरेको छ’ उनले भने ।

‘वीरगन्जको आदर्शनगर स्थित सोनालाल कुशवाहाको पक्की घरको छतमा अवैध खेल भइरहेको रहेछ । त्यहाँबाट नगद सहित ६ अभियुक्तहरु पक्राउ परे’ उनले भने । पक्राउ पर्ने अभियुक्तहरु पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर ११ बस्ने विमल बहादुर क्षेत्री, वीरगन्ज ४ बस्ने बर्ष ४६ का धुरेन्द्र प्रसाद यादव, वीरगन्ज १७ निवासी नरेश बहादुर सिंह पौडेल र जयराम प्रसाद, त्यसै गरी वीरगन्ज ११ कै ५९ बर्षीय गणेश कुमार थापा र वीरगन्ज १३ को राम श्रेष्ठ रहेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक लम्सालको भनाइ छ ।

अभियुक्तहरुलाई जुवा सम्बन्धी कसुर मुद्दामा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरीको दावी छ ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै