बार्सिलोनाले नेयमार र मार्टिनेज ल्याउन नसक्ने

बार्सिलोना । बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार र इन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेज भित्र्याउन असम्भव रहेको ला लिगाका अध्यक्ष जाभियर टेबासले बताएका छन् ।

ला लिगाको सफल टोली बार्सिलोनाले नेयमार र मार्टिनेजलाई लिन प्रयास गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् । दुवैलाई सम्भव नभएपछि दुईमध्ये एकलाई भने बार्सिलोनाले भित्र्याउने चर्चा चल्ने गरेको थियो । तर, टेबासले भने त्यो हल्ला मात्र भएको उल्लेख गर्दै कोराना भाइरसको महामारीबीचमा बार्सिलोनाको प्राथमिकता फरक भएको बताएका छन् ।

‘दुई खेलाडीसँग सम्झौता गर्ने विषयमा छलफल अघि बढेको भन्न विषय सत्य होइन,’ उनले भने, ‘अहिले नयाँ विषयमा सोच्नेभन्दा पनि टोली सिजन सुरुवातको विषयमा केन्द्रित छ । हुन सक्ने खेलाडी साट्ने विषयमा पछि सहमति हुन सक्ला । तर, अहिलेको अवस्थामा खेलाडी खरिद उच्च प्राथमिकतामा देखिन्न ।’

कोराना भाइरसका कारण उत्पन्न कठिनाइले फुटबल गतिविधि तत्काल सुरु हुने अवस्था नभएको खण्डमा बार्सिलोना कमभन्दा कम क्षति होस् भन्ने पक्षमा रहेको छ । त्यसैले अहिले सबै विषय स्थगित रहेको उनले बताए । ‘अहिले नेयमार वा लाउटारो क्लबको उच्च प्राथमिकतामा छैन,’ उनले भने, ‘अहिले उनीहरूसँग सम्झौता गर्ने क्षमता क्लबसँग छैन । अहिलेको अवस्थामा यो असम्भवजस्तै छ ।’

कोराना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण आउटारोलाई लिने विषय आर्थिक कारणले कठिन हुन सक्ने बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले बताएका थिए । ‘हामीले सरुवाका ’boutमा कुरा गरेका छौं । तर, अहिलेको परिस्थितिले धेरै असर परेको छ । क्लबको आर्थिक अवस्था जटिल बनेको छ,’ उनले भनेका थिए, ‘म अहिले लाउटारको ’boutमा आशावादी छैन । मलाई उनी मनपर्छ । उनी राम्रो खेलाडी हुन् । तर, अहिले यो विषयलाई लिएर म उत्साहित छैन । कारण अहिलेको पस्थिति अनकूल छैन ।’

कोराना भाइरसको संक्रमणका लागि स्पेनमा पनि २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ला लिगासहित युरोपका अधिकांश फुटबल लिग स्थगित छन् । नेदरल्यान्डले आफ्नो लिग रद्द गर्दै बढुवा, घटुवा र उपाधि नै नदिने निर्णय गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ