वीरगन्ज बजार क्षेत्रको सडक विस्तार बिहान साढे चार बजेवाट

वीरगन्ज । त्रिभुवन राजपथ अन्तर्गतको सडकको वीरगंज बजार क्षेत्र रहेको मितेरी पुलदेखि उत्तर गण्डक नहरसम्मको सडक खण्ड आइतबार बिहान साढे ४ बजेबाट विस्तार भएको छ । लामो समयदेखि सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरिएको हो ।

सडकको बीच भागबाट २५/२५ मिटर दाया बाया तोडिने चर्चामा रहेको सडक एक दशकबाट रोकिदै आएको थियो । तर जिनजी आन्दोलनको बलमा आएको नयाँ सरकारको सुरुवाती दिनमा नै वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य हुने निश्चित भएको हो ।

यसको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उच्चस्तरीय बैठक बसी बैशाख ६ गते बिहान साढे ४ बजेबाट सडक विस्तार गर्ने निर्णय गरेको थियो । सरोकारवाला निकायहरूबीच समन्वय बैठक भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोख्रेलले बताए ।

बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक मोहन केसी लगायत नेपाली सेना, सडक डिभिजन कार्यालय, नापी, टेलिकम, खानेपानी संस्थान र विद्युत प्राधिकरणका प्रमुखहरूको उपस्थिति रहेको उनको भनाइ छ ।

बैठकमा सडक विस्तार अभियान सञ्चालनका क्रममा आवश्यक सुरक्षा व्यवस्था, प्राविधिक तयारी तथा सम्बन्धित निकायबीचको समन्वयका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

बैठकले विस्तार कार्यलाई प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउन अन्तिम तयारी गरिएको पनि जनाइएको छ। वीरगन्जको मुख्य सडक विस्तारसँगै ट्राफिक व्यवस्थापन सुधार र शहरी पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने सरोकारवालाको दावी छ ।

वीरगन्जको मेनरोड विस्तारका लागि डोजर,जेसीबी र एक्साभेटर गरी ९ वटा उपकरण तयारी अवस्थामा राखिएको पनि सडक विस्तार आयोजनाको हवाला दिई वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

हुलाकी सडकले डफाली परिवारलाई बेघर बनाउँदै