बारा । लकडाउनवाट प्रभावित एक गरिव परिवारलाई वडाध्यक्षले क्रियाखर्चको लागि खाद्यान्ह सहयोग गरेका छन् ।
फेटा गाउपालिका वडा नम्वर १ भलुहिभरवलियाका वडाध्यक्ष जयप्रकाश दासले गरिव विपन्न ३ घरपरिवारलाई हिन्दुधर्म अनुसार क्रिया गर्न खाद्यान्ह सहयोग गरेका हुन् ।
देवकलिया देविका श्रीमान रामऔतार राउत, ध्रुवपति देविको श्रीमान धोधा राउत रसंदिप पटेलको बुवा शिवजी राउतलाई क्रियाखर्चका लागि आवश्यक पर्ने खाद्यान्ह सहयोग गरेका हुन ।
देवकलिया देविको बैशाख ३ गते, ध्रुवपति देविको बैशाख १३ गते र संदिप पटेलको बैशाख ७ गते निधन भएको थियो । गरिव असासय परिवरलाई राहत वितरण गरिरहेको बेला मृतकका परिवारलाई राहतको साथै हिन्दु परम्परा अनुसार मलामी गएकाहरुलाई श्राद्ध खुवाउने चलन अनुसार तीनै परिवारलाई खाद्यान्ह सहयोग गरिएको वडाध्यक्ष दासले जानकारी गराएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 473 times, 1 visits today)






