काठमाडौं । आज बुधबार थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार, ती तीनैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । सङ्क्रमित पुरुष ३१, ४३ र ४६ वर्षका रहेका छन् । आज थप तीनजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।
सच्याइएकाे : यस समाचारमा कोरोना संक्रमितको संख्या ५७ हुनुपर्नेमा ५८ भएकाले सच्चाइएको छ । समाचार पोष्ट भएको केही समयमै अनलाइनमा प्राविधिक समस्या आएकाले ढिलागरि सच्याएकोमा क्षमाप्रार्थी छौं । सम्पादक
तपाइको प्रतिक्रिया
(Visited 556 times, 1 visits today)






