प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी

लन्डन । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग जुन दोस्रो साताबाट सुचारु गर्ने तयारी गरिएको छ । प्रिमियर लिगले स्थगित लिग आगामी जुन ८ बाट सुचारु गरेर जुलाई अन्तिमसम्म सक्ने तयारी गरेको छ ।

प्रिमियर लिग क्लबले शुक्रबार लिग सुचारु’bout छलफल गरेको थियो । सरकारले समेत प्रिमियर लिग सुचारुका लागि योजना बनाइरहेको बताइएको छ । जुनबाट लिग सुचारु हुने पक्कापक्कीजस्तै भएपछि क्लबहरूले समेत प्रशिक्षण सुरु गरिसकेका छन् । आर्सनल, एभर्टन र वेस्ट ह्यामले खेलाडीलाई व्यक्तिगत प्रशिक्षणका लागि अनुमति दिइसकेका छन् ।

यस सिजन लिभरपुल उपाधिबाट केवल दुई जित टाढा रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहँदा सिटीको ५७ अंक रहेको छ ।
लिभरपुलले १९९० पछि प्रिमियर लिगको उपाधिनजिक छ । कोरोनाका कारण लिग गत मार्चमा स्थगित गरिएको थियो ।

टोटेनहमको पनि प्रशिक्षण सुरु
इंग्लिस क्लब टोटेनहमले कोरोना भाइरसका कारण स्थगित टिमको प्रशिक्षण सुरु गरेको छ । टोटेनहमले मंगलबारबाट क्लबको ट्रेनिङ सेन्टरमा प्रशिक्षण सुरु गरेको हो ।

क्लबले कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दूरीलाई कायम गर्दै खेलाडीलाई प्रशिक्षणको अनुमति दिएको हो । खेलाडीले मैदानमा व्यक्तिगत रूपमा प्रशिक्षण गर्नेछन् । प्रिमियर लिग सुचारु गर्ने तयारीसँगै क्लबले प्रशिक्षण थालेको हो । यसअघि आर्सनल, एभर्रटन वेस्ट ह्यामले समेत खेलाडीलाई व्यक्तिगत प्रशिक्षण गर्न अनुमति दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध