सुधार केन्द्रमा निर्घात कुटपिट गरी हत्या

बारा । बाराको सुधार केन्द्रमा एक जनाको हत्या घटना सार्वजनिक भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ बैक रोड स्थित नवजन्म पुनस्थापन केन्द्रमा सिसिटिभीको अधारमा हत्या भएको प्रहरी उपरीक्षक सन्तोष तमाङले पुष्टि गरेका छन् ।

केन्द्रमा शुक्रबार बिहान प्रहरीलाई घटना ’bout जानकारी पाए लग्तै आफनै नेतृत्वमा घटनास्थलमा पुगी अनुसन्धान गर्दा वडा नम्बर-९ रामपुर टोलमा बस्ने ३२ वर्षीय प्रदीपप्रसाद मण्डलको मृत्यु भएको उनले बताए ।

घटना कसरी घटयो खोजबिन गर्दै जादा निज मण्डललाई बिहिबार राती करिव २ बजे केन्द्र मै बसेकाले निर्घात कुटपिट गरि ज्यान लिएको सिसिटिभी फुटेजबाट देखिएको तमाङ्गले जानकारी गराएका छन् ।

घटना घटेपछि मृतक मण्डललाई कलैया स्थित कलैया सिटीमा उपचारको लागि लिएर गएको देखिन्छ । पछि प्रादेशिक अस्पतालमा लगेको जानकारी प्राप्त भएको उनले बताए । घटनास्थलको फुटेज ल्यापटप गायब पारि घटना अन्यत्र मोडन खोजे पनि तुरून्त प्रहरी एक्सनमा आएर घटनामा संलग्नलाई समात्न सफल भएको प्रहरी उपरीक्षक तमाङ्गले बताए ।

पुनस्थापन केन्द्रमा लगाइएको सिसिटिभी गायव भएको देखे पछि शंका लागेर तुरून्त प्रविधिक टोली बोलाई सिसिटिभी फुटेजलाई रिकभर गराउदा घटनाको वास्तविकता सामुन्ने आएको प्रहरी उपरीक्षकले बताए ।

सिसिटिभी कै अधारमा नजिर सर्राफ, मोहम्मद आसिम मियाँ, सागर गुप्ता, परमेश्वर साह, अरुण सर्राफ, तामाना अलि र सर्फराज मन्सुर लगायत सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको प्रहरी उपरिक्षक तमाङले बताए ।

मृतकका दाजु श्यामसुन्दर धानुकका अनुसार भाई कुलतमा फसेकोले केही दिन पहिला सुधार केन्द्रमा राख्यौ तर सुधार केन्द्रले नै भाइको ज्यान लिएको जानकारी गराए । नवजन्म पुनस्थापन केन्द्र हत्यारा हो, मान्छे मार्नु पाईदैन, सबै सिसिटिभी फुटेज बाहिर गर लगायतको नारा लगाउदै पिडित परिवारले कलैयामा प्रदर्शन समेत गरेका थिए ।

प्रहरी पैसा र पावरको लोभमा परि घटना दबाउन खोजे कलैयामा आगो बाल्ने पिडित परिवारले चेतावनी समेत दिएका छन् ।

सुधार केन्द्रमा सुधारको लागि ल्याइएका व्यक्ती माथी यसरी क्रुरताको व्यवहार गर्नु निन्दनीय रहेको उनले बताए । यो घटनाले सरकारलाई पनि यस्ता सुधार केन्द्रको अनुगमन गर्न, यसका संचालनका कार्यविधी, अनुशासन, निरिक्षण गर्न पाठ सिकाएको प्रहरी उपरीक्षक तमाङ्गले जानकारी गराए ।

सत्यतथ्य छानबिन गरि दोषीलाई कानुन बमोजिम कारवाही गरिने उनले बताए । कसैको प्रभाव र दबावमा नपरि घटनाको निष्पक्ष छानबिन गरिन प्रहरी उपरीक्षक तमाङ्गले प्रतिवद्धता समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 310 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी कार दुर्घटना अपडेट : ३ जना बेपत्ता