इलाम । जिल्ला खेलकुद विकास समिति इलामले राजधानी दैनिक इलामका संवाददाता भगीरथ भण्डारीलाई सम्मान गरेको छ । माइ नगरपालिकामा शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनका अवसरमा भण्डारी सम्मानित भएका हुन । उनलाई प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना र जलस्रोत, सिञ्चाई तथा उर्जा मन्त्री एकराज कार्कीले सम्मान गरेका हुन् ।
भण्डारी २०७३ सालदेखि राजधानी दैनिकमा कार्यरत छन । नेपाल पत्रकार महासंघ इलामका कोषध्यक्ष समेत रहेका भण्डारी सँगै इलामका तीन पत्रकारपनि सम्मानित भएका छन । पूूर्वाञ्चल दैनिकमा कार्यरत विमल दाहाल र हाम्रो पालिकाका प्रेम अधिकारीलाई सम्मान गरेको हो ।
भण्डारी इलामपोष्ट दैनिकको प्रवन्ध सम्पादक र सन्दकपुर अनलाइनको सम्पादक समेत रहेका छन । खेल क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई १५ औ रास्ट्रपति रनिङ शिल्डको अवसर पारेर सम्मान गरेको हो ।
इलाममा राष्ट्रपति रनिङ शिल्ड शुरु
इलामको माई नगरपालिकामा आइतबार देखि जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरुभएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माई नगरपालिकाको सितलीस्थित खेलमैदानमा आयोजित प्रतियोगितामा जिल्लाका दशवटै पालिकाका आठ सय ९५ विद्यार्थी ९खेलाडी०ले भाग लिनेछन् । रेफ्री र अन्य प्राविधिक एक सय २० जना हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट विधाका विभिन्न खेल सञ्चालन हुने खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताए । उनका अनुसार ‘सबै विधाका खेलमा छात्र र छात्राका अलग–अलग प्रतिस्पर्धा गराइने छ, प्रतियोगितामा विद्यालयहरू सम्बन्धित पालिकाको प्रतिनिधित्व गरी सहभागी हुनेछन् ।’
प्रतियोगिताका लागि १३ लाख रुपैयाँ माई नगरपालिकाले सहयोग गर्ने र यसपटक समितिलाई भने केन्द्र तथा प्रदेशबाट यो प्रतियोगिताका लागि अलिकति पनि रकम नछुुट्एिको पनि अध्यक्ष बाँस्तोलाले बताए । माई सहित अन्य पालिकाले गरेको सहयोगबाटै प्रतियोगितामा सहभागी हुने खेलाडी विद्यार्थी र प्रशिक्षकहरुको खाना र बास खर्चको व्यवस्था मिलाइएको बताइएको छ । ‘तर, यसपटक समितिले खर्च गर्ने रकम नहुँदा पालिकाले मात्र गरेको सहयोगले प्रतियोगिता सम्पन्न गर्न मुस्किल हुने निश्चित छ ।’ अध्यक्ष बाँस्तोलाले भने प्रतियोगिता फागुन ६ गते सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा ६ विधा अन्तर्गत दौड, भलिबल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । पालिकाबाट छनौट भई जिल्ला र जिल्लामा छनौट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउने खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले बताए ।






