बेलुन विस्फोट छानविन गर्न समिति

पोखरा । ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा उद्घाटन समारोहमा बेलुन बिस्फोट घटनाको छानविन गर्न समिति गठन गरिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको हो । गृहमन्त्री रमेश लेखकले घटनाको सत्यतथ्य छानविन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित समिति गठन गरेका हुन् ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वार्टर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्यसचिव छन् ।

समितिमा एकजना विष्फोटक पदार्थ विज्ञसमेत रहने छन् । समितिले आइतबारदेखि नै बेलुन बिस्फोट घटना’bout छानविन सुरु गरिसकेको छ । समितिले आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा पूर्वशर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्नुपर्ने शर्त छ । समितिले मञ्च व्यवस्थापनका क्रममा बेलुन खरिद र त्यसमा प्रयोग भएको ग्यास’bout मिहिन अध्ययन गर्नेछ ।

पोखरा–९, नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा शनिबार दिउँसो भएको उक्त बिस्फोटबाट संघीय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य गम्भीर घाइते भएका छन् ।

घाइतेको कीर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । दुबैलाई ५ देखि ६ प्रतिशतसम्म जलन भएको अस्पताल प्रशासनले जनाएको छ । हाल बिरामीसँग भेटघाटका लागि बन्देज लगाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अभिमत दुरुपयोग गरेर हुर्मत नलिन आफ्नै नेता-कार्यकर्तालाई रवि लामिछानेको चेतावनी