सभापोखरीका आगलागी पीडितलाई एमालेको १२ लाख

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसे बजारमा आगलागी पीडितलाई नेकपा एमाले संखुवासभाले १२ लाख रुपैयाँ बढी नगद सहयोग गरेको छ । नेकपा एमाले संखुवासभाले सभापोखरी –६ बाह्रविसेका आगलागी पीडितलाई १२ लाख रुपैयाँ बढी नगद सहयोग गरेको हो ।

गत माघ २ गते सभापोखरी –६ बाह्रविसे बजारमा आगलागी हुदाँ ५ घर जलेर नष्ट भएका थिए । सभापोखरी –६ बाह्रविसे बजारमा आगलागी पीडितलाई १२ लाख १८ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेको नेकपा एमाले संखुवासभाका अध्यक्ष खड्ग बहादुर राईले जानकारी दिए ।

एमाले अध्यक्ष राईका अनुसार एमाले सभापोखरी गाउँ कमिटीका उपाध्यक्ष तिलक लिम्बूको संयोजकत्वमा सङ्कलन गरिएको थियो । आगलागी पीडितका लागि एमाले सभापोखरी गाउँ कमिटीबाट ७ लाख ३९ हजार ८ सय ८१ रुपैयाँ, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दुई लाख ५३ हजार ४ सय ४८ रुपैयाँ, अखिल नेपाल महिला संघ सभापोखरीबाट ६ हजार ७ सय ५० रुपैयाँ सङ्कलन गरिएको अध्यक्ष राईले बताए ।

आगलागीबाट ५ घरका १० परिवार विस्थापित हुनका साथै डेढ करोड बढीको क्षति भएको थियो । आगलागीबाट बाह्रविसेका लालसिंह लिम्बु,राम बहादुर राई,अनिता राई र सुसिल तामाङको घर जलेर नष्ट भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय