राराको डाँफे होटलमा आगलागी

मुगु । मुगुको रारा तालको किनारमा अवस्थित डाँफे होटलमा गए राति आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको जनाइएको छ ।

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोली रारा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार होटेलको भान्साबाट सुरू भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिन्डर पड्किँदा अन्य तीन भवनमा क्षति पुर्‍याएको थियो । 

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको बताइएको छ ।

रारा ताल घुम्न आउने पर्यटकका लागि रारा किनारमा रहेको एक मात्र होटेल थियो । रारामा डाफे होटेल र हिरिटेज होटेल रहेपनी ३ वर्ष पहिला पनि हिरिटेज होटेलमा आगलागी हुँदा अहिले सोच जस्तो सेवा दिन सकिरहेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग