बझाङ । बझाङ को साईपाल गाउँपालिकामा हिमपहिरोमा परी ४५ भेडा मरेका छन् । हिम पहिरोमा परि २३ भेडा पुरिएका छन् ।
फागुन १७ गते शनिबार दिउँसो १ बजे साईपाल गाउँपालिका ४ का जयपाल रोकायाका भेडा हिम पहिरोमा परेर मरेका र पुरिएका हुन् । वडा नम्बर ४ को गुडपाल सामुदायिक वनको ओडारमा डेरा गरी भेडा चराई रहेको समयमा बरम डाँडामा हिमपहिरो गएको जिल्ला प्रहरी कार्यालय बझाङका ईन्स्पेटर किशोर जोशीले जानकारी दिए । रोकायाका १ सय २५ भेडा रहेका थिए । जस मध्ये ४५ भेडा हिम पहिरोमा परि मरेको जनाइएको छ ।
प्रहरीको टोली घटनास्थलमा पुग्दा ४५ भेडाहरू मध्ये १९ वटा पुरिएको अवस्थामा भेटिएका छन् । ३ वटा घाइते अवस्थामा उद्दार गरिएको र २३ वटा हिमपहिरोमा पुरिएर बेपत्ता रहेको पुष्टि भएको जनाइएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिए । अहिले बाँकी भेडाहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर किशोर जोशीले जानकारी दिए ।






