पूर्वयुवराज पारसलाई हृदयघात, नर्भिकमा भर्ना, अवस्था सामान्य

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई आइतबार साँझ हृदयघात भएको र थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिए।

‘उहाँलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ, अस्पतालले सबै ठिक छ भनेको छ।’ पाठकले भने ।

यसअघि २०८० भदौ १५ गते पनि हृदयघात नै भएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो। त्यति बेला उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित