उदयपुर । मदन भण्डारी लोकमार्गको चुहाडे गाईघाट खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको शुक्रवार बिहान ज्यान गएको छ । त्रियुगा नगरपालिका–ं ९ राजावास मथाने टोलमा बिहान ५ बजेको समयमा प्रदेश १–०५–००१ ह ०३१० न. को अटो बाटो काट्ने क्रममा सोही दिशावाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नं को मोटरसाईकल ठोक्कीदा मोटरसाईकल चालक मोरङ लेटाङ नगरपालिका– ७ वाराङ«ीका २६ बर्षिय अजय लिम्वुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार लिम्वुको छाती र पेटमा चोट लागेको थियो । उपचारको लार्गि तत्काल जिल्ला अस्पताल बोक्से गाईघाट पु¥याएकोमा उनको ६ बजे उपचारको क्रममा ज्यान गएको हो । लिम्वुको शब जिल्ला अस्पताल बोक्से गाईघाटको शबगृहमा राखिएको छ ।
अटो चालक त्रियुगा नगरपालिका– ७ का ३८ बर्षिय भुसेलाल दनुवार अटो र मोटार साईकल जिल्ला प्रहरी कार्यालय उदयपरले नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको छ । त्यसैगरी बिहिबार साँझ मात्रै गाईघाटस्थित हात्तिमारा टोलमा पिकअप भ्यानले घरमा बसि राखेको दुई दिदि बहिनीलाई ठक्कर दिँदा घटनास्थलमा नै दुवै जनाको ज्यान गएको थियो ।






