६ महिना कैद सजाय तोकिएकी महिला पक्राउ

सप्तरी । लेनदेन बिगो मुद्दामा आदतलबाट कैद सजाय तोकिएर फरार रहेकी एक महिला पक्राउ परेकी छिन् । सप्तरी जिल्ला अदालतबाट उक्त मुद्दामा ६ महिना कैद सजाय तोकिएकी सप्तरीको खडक नगरपालिका ५ की ४० वर्षिया सतिदेवी थरुनी पक्राउ परेकी हुन् ।

आइतबार उनलाई गाउँघरमै लुकी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले जानकारी दिए । पक्राउ परेका उनलाई आइतबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम