काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध आज (बिहीबार) सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिल कार्यालय काठमाडौंले पौडेलसहित १६ प्रतिवादीविरुद्ध पूरक अभियोग दर्ताको तयारी गरेको हो।
प्रतिवादीमा ८ जना व्यक्ति र ८ वटा कम्पनी छन्। कम्पनीलाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाउन लागिएको हो। सबै व्यक्तिको हकमा छुट्टाछुट्टै बिगो कायम गरिएको छ।
पौडेलको हकमा २० करोड ९० लाख बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा चलाउने तयारी गरेको हो।
त्यस्तै शुभी अग्रवालविरुद्ध साढे १३ करोडको बिगो कायम गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। विभागले अनुसन्धान सकेर ३ दिनअघि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
सन्नी देओल फेरी भारत पाकिस्तान विभाजनको चलचित्रमा
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तेस्रो दाम्पत्य सम्बन्धमा बाँधिए अभिनेता आमिर
बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ
आमिरको विवाह’bout सलमानको व्यंग्य भिडियो भाइरल
आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध






