दैलेख । सुर्खेतको वीरेन्द्रनगर–२, नमुना टोलकी सुमना चौधरी ४५ वर्ष भईन । जोश भने नवयुवतीको जस्तै छ । बिहानै भालेको डाको सँगै बारीमा पुग्छिन् । तरकारी टिपेर बेच्न बजार धाउँछिन् । तरकारी बेचेर घर फर्किछिन् । यो उनको दैनिक दिनचार्य हो । उनले एक कट्ठा जमिनमा तरकारी लगाएछिन् । बारीमा उत्पादन गरेको तरकारी सुमनाका लागि आम्दानीको मुख्य स्रोत बनेको छ ।
सुमना वीरेन्द्रनगर वडा नम्बर २ मा गठित नमुना उद्यमी महिला समूहकी अगुवा कृषक कहलिएकी छिन् । पति लालबहादुर चौधरी बाईलर र कुखुरा पालन गर्छन भने सुमना तरकारी खेती । म र पति दुबैजना व्यवसायिक कृषि तथा पशुपालन गर्दै आएका छौँ, । ‘श्रीमानले बङ्गुर बोइलर पालनमा हुनुहुन्छ भने मैले व्यवसायिक तरकारी खेती गर्छु । आवश्यक्ता अनुसार श्रीमान श्रीमती नै मिलेर काम गछौँ ।’
यी दुई चौधरी दम्पतिले एक दशकदेखी कृषि कर्म शुरुवात गरेका सुमनाको सुनाईन । व्यावसायिक शुरुका दिन सम्झिदै भनिन, उत्पादन कम, लागत बढी, र बजारमा उचित मूल्य नपाइने समस्या थियो । प्राविधिक ज्ञान नहुँदा र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्ति पनि घट्दै गइरहेको थियो । तरकारी खेती गरौं कृषि कर्मप्रति निराशा बढ्दै गइरहेको थियो । चौधरी दम्पती उत्पादन बढाउन रासायिक विषादी कम भयो भनेर रासायनिक विषादीको जोहो गर्थे । तर उत्पादन भने सोच अनुसार हुदैन थियो ।
तरकारी खेती गर्ने नगर्ने भनेर दोधार बनिरहेको बेला सुर्खेतमा सञ्चालन भएको विहानी परियोजना चौधरीको आशाको दियो भनिदियो । एईआईएन लक्जेम्बर्ग साझेदारीमा सोसेक नेपालद्वारा बिहानी परियोजना संचालनमा आयो । परियोजना संचालन भएसँगै यस परियोजनाले कृषकहरूको जीवन परिवर्तन गर्न नमुना टोलमा उद्यमी कृषि महिला समूह गठन ग¥यो, जसमा सुमना चौधरी पनि सदस्य बनिन ।
तालिमका क्रममा उनलाई मौसमी तथा बेमौसमी तरकारी खेती, जैविक मल बनाउने तरिका, झोल मलको प्रयोग, र सहज बजार व्यवस्थापन सम्बन्धी ज्ञान प्राप्त गरिन । पहिले रासायनिक विषादीमा निर्भर रहँदै आएकी थिएँ। भन्छिन्, ‘तालिमपछि जैविक झोल मल बनाउन सिकेँ । जसले माटोको उर्वराशक्ति बढाउनुका साथै उत्पादनमा वृद्धि भयो ।’

झोल मलको प्रयोगपछि उनको बारीमा उत्पादन भएका तरकारी स्वस्थ्यहितकर भए । जैविक मलले उत्पादनमा समेत बृद्धि भएको सुनाईन । पहिले मुस्किलले १.५ केजीसम्म हुने काउली, अहिले ४ केजीसम्मको फल्छ । जैविक विषादीको प्रयोगसँगै अहिले रायो साग, मुला, सिमी, बन्दा, काउलीजस्ता तरकारीहरूको उत्पादन ह्वात्तै बढेको बताउँछिन् ।
जैविक विषदीले प्रयोग उत्पादन पनि बढने रहेछ । आजभोली म एक सिजनमा २० हजारभन्दा बढी कमाउँछु,। तीन क्विन्टल बन्दा बेचेर १० हजार ५सय, काउलीबाट ९हजार, रायो सागबाट ३ हजार ५सय, र सिमीबाट १हजार रुपैयाँ आम्दानी सुनाईन । दुःख अनुसार बजार मुल्य पाए राम्रैै हुन्थ्यो । ‘कहिले बजार मूल्य राम्रो पाइँदैन त्यसबेला घाटा व्यहोर्नु पछि ।
चौधरी समुदायमा विहानी परियोजना ल्याईदिएको परिवर्तन
सुमना मात्र होइनन् सोही समुदायकी काली चौधरी, राधिका चौधरी लगायत अन्य कृषक महिलाहरूले पनि आधुनिक कृषि प्रणाली अपनाउँदै व्यवसायिक तरकारीमा लगाव उत्तिकै छ । रासायनिक विषादी प्रयोग गर्ने उनीहरुले पनि आजभोली जैविक विषादी प्रयोग गर्ने गरेका छन् । बारीमै झोल मल बनाएर प्रयोग गर्छिन । जैविक विषादी प्रयोगले एकातिर उत्पादन बढेको छ भने अर्कोतिर रासायनिक विषाद किन्ने पैसाको बचत भएको राधिका चौधरीको भनाई छ ।
तरकारीमा रोग किरा लाग्दा समेत विषादीको प्रयोग गर्ने यहाँका कृषकहरु तालिम पश्चात् भने रासायनिक विषादीको साटो जैविक विषादी झोलमलको प्रयोग गरेको बताउँछन् । ‘जैविक विषादी मानव र माटोको लागि राम्रो हुने रहेछ । तालिममा सिकेका कुरा लागु गर्दा फाईदै फाईदा छ । मानव स्वास्थ्य र माटोको लागि पनि,’ राधिकाले थपिन ।
राधिका पनि सुमनाको जस्तै भनाई छ । जैविक विषादी झोल मल १, २, ३ को प्रयोग गर्दा तरकारी पनि राम्रो फल्ने रहेछ । ‘पहिले तरकारी खासै राम्रो फल्दैन थियो अहिले झोल मल प्रयोग गर्दा एउटै काउली चार केजी सम्मको फल्यो ।’
नमुना कृषि महिला समूहका सदस्यहरूले समूहमार्फत व्यवसायिक च्याउ खेती पनि थालेका छन । हाल पाँचसय डल्ला च्याउ उत्पादन भइरहेको छ । तीन महिनाभित्र ३ लाख कमाई हुने आशा गरिएको बिहानी परियोजनामा कार्यरत कृषि प्राविधिक निशा सुनार बताउँछिन् ।
उनका अनुसार १० वटा गडयौला बिन स्थापना गरेर जैविक मल निर्माणसमेत गर्दै आएका छौ । तरकारी र च्याउ खेतीबाट भएको आम्दानी अब परिवारको शिक्षादीक्षाका लागि खर्च गरिने काली चौधरीको भनाई छ । कृषि छोड्नुपर्छ निशा बनेको मनलाई बिहानी परियोजनाले फर्काई दिएको छ । अब हामी तरकारी खेतीमै लाग्छौं उनले भनिन् ।
च्याउ उत्पादनले समुदायलाई आत्मनिर्भर बनाउन सहयोग पु-याउनुका साथै, दिगो कृषि प्रणालीको विकासमा समेत टेवा पुग्ने विश्वास छ। चौधरी समुदायका कृषक महिलाहरुले तरकारी खेतीबाट आएको पैसा समूहमा बचत गर्ने गरेका छ । बचत गरेको रकमलाई समूहमा संकलन गरी सामूहिक विकासका कार्यहरूमा लगानी गर्ने योजना रहेको सुमनाले जानकारी दिईन ।
यो बचतले महिलाहरूलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास लिएका छौं,उनले भनिन् । कृषि पेशमा समुदायको आत्मविश्वास बढ्नुमा एआईएन र सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको विशेष योगदान रहेको समूहका उनीहरुको भनाई छ । परियोजनाले हामीहरुको ज्ञान सिप र बचत गर्ने बानी निशानपन हटाईदिएको छ ।






