धनगढीको सीप मेलाबाट तालिमप्राप्तलाई नवजीवनले बिना धितो ऋण दिने

धनगढी । कैलाली धनगढीमा सञ्चालन भइरहेको सीप तथा रोजगार मेलामार्फत तालिमप्राप्त व्यक्तिलाई नवजीवन सहकारी संस्थाले बिना धितो ऋण दिने भएको छ ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ । फागुन ८ गतेबाट सञ्चालन भइरहेको सीप तथा रोजगार मेला यही चैत १५ गते सकिने छ ।

मेलामा नवजीवन सहकारी संस्थाका अध्यक्ष देबबहादुर बम नेतृत्वको टोलीले तालिम लिइरहेकाहरूलाई व्यवसाय सञ्चालनका लागि बिना धितो ऋण दिने बताए ।

मेलामै पुगेका अध्यक्ष बमले समूहमा ऋण लिनेहरूका लागि धितो आवश्यक नपर्ने बताए । सीप तथा रोजगार मेला आयोजना गरेको धनगढी उपमहानगरपालिकाले सीप सिकाएर युवाहरुलाई स्वरोजगार बनाउने मेलाको मुख्य उद्येश्य रहेको जनाएको छ ।

मेलापछि पाँच दिनको उद्यमशीलता तालिम तथा दुई दिने रोजगारदाता सम्मेलन गर्ने योजना रहेको धनगढी उपमहानगरपालिकाले जनांएको छ । मेलामा २९ विधामा तालिम चलिरहेको छ ।

मेलामा मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, पुरोहित, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ तालिम निःशुल्क प्रदान भइरहेको छ ।

त्यसैगरी मेलामा एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन, सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ, फर्निचर तथा फास्टफुड कुकिङ तालिम पनि निःशुल्क प्रदान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग