हत्यामा संलग्न रहेको आरोपमा १६ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–७ बस्ने दोलखा मेलुङ गाउँपालिका–४ घर भएका २३ वर्षीय अभय भन्ने अबे तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ घर भएका २१ वर्षीय आशिष श्रेष्ठसमेत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ खड्कागाउँमा दुई समूहबीच पुरानो रिसिईबीलाई लिई झगडा हुँदा आशिष समेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रडहरू प्रहार गर्दा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?