मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघको प्यानलै निर्वाचित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल निर्वाचित भएको छ । मंगलबार राती सम्पन्न मतगणना अनुसार नेविसंघका विवेक खड्काको नेतृत्वको पुरा प्यानलले जित हासिल गरेको हो ।
स्ववियू सभापतिमा खड्काले एमालेनिकट अनेरास्ववियुका जगतजंग शाहीलाई २८१ मतान्तरले पराजित गरे । खड्काले १ हजार १८८ मत प्राप्त गर्दा शाहीले ९०७ मत पाए । सभापतिका अन्य उम्मेदवार अखिल क्रान्तिकारीका प्रकाश विकले २७५ र स्वतन्त्र उम्मेदवार मिलन बिसीले २३१ मत प्राप्त गरे ।

स्ववियू सचिवमा भुपेन्द्र आचार्य र कोषाध्यक्षमा लोकप्रसाद रिजाल भारी मतान्तरले निर्वाचित भए । सदस्यहरुमा विकासकुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतिक्षा थापा, विष्णुराज सिंह र प्रकाश सिंह निर्वाचित भएका छन् ।

कुल ४ हजार ३८३ मतदातामध्ये २ हजार ८६४ जनाले मतदान गरेका थिए । मध्यपश्चिम विश्वविद्यालय स्थापनापछि २०७३ भदौमा भएको पहिलो स्ववियु निर्वाचनमा पनि नेविसंघकै उम्मेदवार सभापति पदमा निर्वाचित भएका थिए । त्यसयता निर्वाचन हुन सकेको थिएन । यसपटक सबै विद्यार्थी संगठन एक्लाएक्लै प्रतिष्पर्धामा उत्रेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग