एनसेललाई नौ मेगाहर्ज फ्रिक्वेन्सी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अक्सनमार्फत जितेको फ्रिक्वेन्सी एनसेललाई दिने भएको छ । प्राधिकरणको बोर्ड बैठकले एनसेललाई सर्तहरूसहित फ्रिक्वेन्सी दिने निर्णय गरेको हो । एनसेलले १८०० मेगाहर्ज ब्यान्डको बाँकी फ्रिक्वेन्सी अक्सनबाट जितेकोे हो । उसले माग गरेअनुसार नौ मेगाहर्जको फ्रिक्वेन्सी नै पाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेललाई निश्चित सर्तहरू पालना गर्ने गरी फ्रिक्वेन्सी दिइएको हो । एनसेलले १८०० मेगाहर्ज ब्यान्डको नौ मेगाहर्ज फ्रिक्वेन्सी लिएसँगै ती सर्तहरू पनि पूरा गर्नुपर्नेछ ।

एनसेललाई सन् २०२० भित्र सहरी क्षेत्रका ९५ प्रतिशत मानिसलाई समेट्ने गरी फोरजी विस्तार गर्नुपर्ने र गाउँपालिकाको हकमा भने सन् २०२२ सम्म फोरजी सेवा उपलब्ध गराइसक्नुपर्ने सर्त रहेको छ । त्यस्तै, ९५ प्रतिशत पर्यटकीय क्षेत्र हाइवे, राष्ट्रिय निकुञ्जमा सन् २०२२ भित्र फोरजीको पहुँच पु‍¥याउनुपर्नेछ । सन् २०२२ सम्म एनसेलले ३ हजार नयाँ फोरजी साइट विस्तार गर्नुपर्नेछ । प्रयोगको हिसाबले एनसेलको फोरजीको स्पिड सहरी भेगमा न्यूनतम २० एमबीपीएस र ग्रामीण भेगमा १० एमबीपीएस हुनुपर्नेलगायत सर्त प्राधिकरणले राखेको छ ।

कभरेज विस्तार गर्न र सेवा बढाउन एनसेलले ३ हजार बढी नयाँ बीटीएस टावर जडान गर्नुपर्ने भएको छ । कम्पनीले दूरसञ्चार प्राधिकरणले उल्लेख गरेअनुसारको पर्यटकीय क्षेत्रमा सन् २०२० भित्रै नेटवर्क सेवा विस्तार गर्नुपर्नेछ भने महत्वपूर्ण राजमार्ग तथा तोकिएका स्थानमा गुणस्तर कायम हुने गरी सेवा विस्तार गर्नुपर्नेछ ।

लामो समयको पर्खाइ र विवादबीच अन्ततः एनसेलले १८०० सय ब्यान्डमा ९ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको गएको शुक्रबारको बोर्ड बैठकले बोलकबोलबाट एनसेलले प्राप्त गरेको फ्रिक्वेन्सी प्रयोग गर्न दिने निर्णय गरेको हो । गत शुक्रबार बसेको प्राधिकरण बोर्डले यो निर्णय गरेको भए पनि सोमबार मात्रै औपचारिकता पाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

कालिकोटका सबै स्थानीय तहद्वारा बजेट सार्वजनिक