सबै धर्म र समुदायबीच सद्भाव राख्न वीरगन्जमा ५ बुँदे सहमति

काठमाडौं । वीरगन्जमा आइतबार बसेको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबिच आपसी सदभाव कायम राख्ने ५ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साममा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो ।

हिजो शनिबार वीरगन्ज महानगरपालिकामा हनुमान जयन्तीको शोभायात्राको क्रममा भएको घटनामा संलग्न दोषीमाथि विस्तृत छानबिन अनुसन्धान गरी कानुनी कारबाही गर्ने, अन्तरधार्मिक सम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रकृयामा सहयोग पु¥याउने सहमति भएको छ ।

यसैगरी उक्त घटनामा घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचारको व्यवस्थ ागर्ने, घटनाबाट भएको क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने, धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, गरेमा कारबाहीको दायरामा ल्याउने र पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक संघसंस्था तथा तत् तत् संस्थाबाट सञ्चालित विद्यालय, मदरा इत्यादिको सुष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।

वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु आज रातीसम्म जारी राखिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको उच्च जोखिम