हवाहुरी चलेपछि राजविराज कारागारबाट कैदी फरार

राजविराज । चोरी मुद्दामा धरौटी बुझाउन नसकेर जेल चलान भएका एक कैदी राजविराज कारागारबाट फरार भएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भएका ३५ बर्षीय रामानन्द मंडल आइतवार राति कारागारबाट फरार भएका हुन् । उनी विगत ४ महिना देखि राजविराज कारागारमा बन्दी जिवन विताई रहेका थिए ।

आइतवार राति हावाहुरी र चट्यांग संगै भएको बर्षाका कारण विद्युत अवरुद्ध भएको र डिउटीमा खटिएका सुरक्षाकर्मीहरु ओत लागेको मौका छोपेर कैदी मंडल फरार भएको कारागार कार्यालय सप्तरीका प्रमुख मातृका प्रसाद दाहालले बताए ।

काठमाडौं जिल्ला अदालतमा दायर भएको चोरी मुद्दामा एक लाख ४० हजार घरौटी अदालतले मागेपछि सो तिर्न नसकेर उनी कारागार चलान भएका थिए । मंडललाई केन्द्रिय कारागार काठमाडौंले २०८१ पुष ६ गते राजविराजमा पठाएको उनले जानकारी दिए ।

फरार कैदीको खोजी र घट्ना’bout अनुसन्धान भईरहेको कारागार कार्यालय प्रमुख दाहालको भनाई छ ।

घट्ना’bout सोमबार विहान जानकारी पाएसंगै डिउटीमा रहेका प्रहरी कर्मचारीहरु माथि आवश्यक अनुसन्धान शुरु गरि फरार भएका कैदी मंडलको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

epaper

ताजा समाचार

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न