धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु

गुल्मी । धुर्कोट गाउँपालिका–६ स्थित धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु भएको छ । शनिबारबाट अस्पतालमा दन्त सेवा सुरु भएको हो । दाँत फाल्ने, सफा गर्ने र औषधी प्रदान गर्ने सेवा अस्पतालबाट प्रदान हुनेछ ।

औषधी र दाँत फाल्ने सेवा स्वास्थ्य बीमामा समेत समावेश गरिएको छ । शनिबार गुल्मी अस्पतालका डेन्टल हाइजेनिष्ट सुनिल गैरेले सेवा प्रदान गरे । अर्को महिनाबाट दाँतसम्बन्धि विशेषज्ञ डाक्टरले सेवा दिनेछन् । दाँतसम्बन्धि उपचार प्रत्येक महिनाको पहिलो शनिबार हुनेछ ।

अस्पतालमा पछिल्लो समय सेवा सुविधा थपिदैँ गएका छन् । चार महिना अगाडीबाट अस्पतालमा आँखासम्बन्धि सेवा पनि थप गरिएको छ । ग्रामीण भेगका गरिब एवं विपन्न नागरिकलाई लक्षित गर्दै सेवा सुरु गरेको पालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

‘संविधानमा सबै नागरिकको स्वास्थ्यसम्बन्धि हकको व्यवस्था गरिएको छ ।’ उनले भने, ‘सरकारको तर्फबाट क्रमशः त्यसैलाई पुरा गर्दैछौं ।’

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

पुनरागमन जितले क्वाटरमा पथरी-११