दैलेखमा चट्याङ पूर्वसूचना प्रणाली जडान गर्न सांसद रानाको माग

दैलेख । प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले चट्याङज लागेर दैलेखमा धेरै जनाको ज्यान गएको र घाईते भएकाले दैलेख जिल्लामा पूर्व सूचना दिने सेन्सरयुक्त यन्त्र जडान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमवार संसदमा बोल्दै रानाले भनिन,नेपालको चट्याङ बढी पर्ने जिल्लामध्ये एक भएको उल्लेख गर्दै चट्याङ लाग्ने निश्चित भौगोलिक क्षेत्रको अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । वर्षेनी दैलेखमा चट्याङ लागेर ४–५ जनाको मृत्यु र दर्जनौँ मानिस घाइते हुने गरेका छन् ।

गत वर्षको उदाहरण दिँदै सांसद रानाले चैत्र ८ गते दुल्लु नगरपालिका–६ मा १८ वर्षीय एसईई परीक्षार्थी गगन खड्काको चट्याङ लागेर मृत्यु भएको र चैत्र २० गते नौमुले गाउँपालिका–८ का ३१ वर्षीय दशरथ शाहीको चट्याङ लागी ज्यान गएको घटनाको स्मरण गराएकी थिईन । दशरथसँगै उहाँकी २७ वर्षया श्रीमती विपना सिंह, ११ वर्षीया छोरी र तीन वर्षीय छोरा घाइते भएका थिए ।

दैलेखको केही निश्चित भूभागमा पटक–पटक चट्याङ पर्ने गरेको छ। यो किन त्यहाँ बढी पर्छ भन्ने वैज्ञानिक अध्ययन जरुरी छ। साथै, चट्याङको पूर्व सूचना दिने सेन्सरयुक्त यन्त्र जडान गरी स्थानीयलाई सुरक्षित राख्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,चट्याङ पीडितलाई उचित राहत, उपचार तथा संरक्षणको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरिने । अनुरोधसाँसद रानाले थपिन ।ु

त्यस्तै, उनले मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ पूर्वसूचना दिने यन्त्र जडान गरिएको जानकारी दिँदै दैलेख जस्तो उच्च जोखिमयुक्त क्षेत्रमा पनि त्यस्तै प्रविधि स्थापना गर्नुपर्ने धारणा व्यक्त गरिन ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग