घरायसी विवादपछि कान्छी श्रीमतीको हत्या

सांकेतिक तस्वीर

चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । मञ्जु उनकी कान्छी श्रीमती हुन् ।

जिला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार उनले राति पौने १० बजे घरायसी विवादपछि श्रीमती मञ्जुको हत्या गरेका हुन् । प्रहरीले अभियुक्तलाई राति नै नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह