मुगु । मुगुमा कला, संस्कृति भेषभुषा र पर्यटनको उत्सव सहित प्रथम रारा महोत्सव हुने भएको छ । कर्णालीको प्रमुख पर्यटकीय स्थल राराको पर्यटन प्रवर्द्धन र मुगु जिल्लाको कला सस्कृति भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो।
छायांनाथ रारा नगरपालिकाको संरक्षणमा र एच आर मिडिया प्रालिको आर्थिक सहयोगमा प्रथम रारा महोत्सव गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजक स्रोतले जानकारी दिइएको छ । महोत्सव आगामी जेठ १८ देखि ३१ गते सम्म सञ्चालन हुने छ।
रारातालको पर्यटन प्रवर्द्धन गर्न र मुगु जिल्लाका कला संस्कृति भेषभुसाको उजागर तथा प्रचारप्रसार गर्ने उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको एच आर मिडिया प्रा.लिले जनाएको छ ।
राराको पर्यटकिय सम्भावना र मुगुको सांस्कृतिक क्रियाकलापको प्रस्तुतिसहित स्थानीय उत्पादन बजारिकण संग केन्द्रित रहने छ।
मुगुमा उत्पादन हुने वाणिज्य र औद्योगिक सामाग्रीको बजारीकरण, यहाको कला सांस्कृतिक भेषभुसा र परम्पराको संरक्षण र रारा तालको पर्यटन क्षेत्रको प्रवधन लागि महोत्सव गर्न लागीएको महोत्सवका अध्यक्ष नरेश भामले बताए ।
महोत्सवमा पर्यटन क्षेत्र संरक्षण, सांस्कृतिक र औद्योगिक क्षेत्र विकासका लागि बलियो आधार हुने भएकोले जेठ १८ गते देखी जेठ ३१ सम्म महोत्सव गर्न लागीएको अध्यक्ष भामले बताए ।
आयोजकका अनुसार महोत्सवमा ४० स्टल राखिने छ। स्टलमा मुगुमा पाइने सबै प्रकारका वाणिज्य र औद्योगिक सामाग्री उपलब्ध हुनेछन्। स्टल राख्दा बाहिरी जिल्लाको भन्दा स्थानीय ब्यापारीलाई ३० प्रतिशतले छुट दिईने छ ।
महोत्सवले राराको पर्यटन मुगुको सांस्कृतिक तथा आर्थिक व्यापार प्रवर्धनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रथम रारा महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति रहने एच आर मिडिया प्रा.लिका सदस्य सान्ताराम सेन्चुरीले बताए ।
मुगुमा आज सम्म कुनै पनि ठुलो महोत्सवको आयोजना भएको छैन । यो महोत्सव पहिलो पटक आयोजना भएको र रारा ताल नजिक छायांनाथ रारा नगरपालिका ८ बाम्नी चौरमा हुने भएको छ । यो महोत्सव कुनै निकाय बाट सहयोग नभई यहाँका युवा मिलेर महोत्सब आयोजना गरेका प्रथम रारा महोत्सवका सल्लाहकार दिपेन्द्र भामले बताए ।






