काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतबाट आएको आदेशका ’boutमा पूर्ण पाठ आएपछि टिप्पणी गर्ने बताएका छन् ।
बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले आफ्नो मुद्दा’boutको सर्वोच्च अदालतको हिजोको आदेश पूर्णपाठ हेरेपछि मात्र टिप्पणी गर्ने बताएका हुन् ।
उनले भने- ‘कुनै कुराको टिप्पणी गर्दा खेरि त्यसको अध्ययन गर्नुपर्छ, अहिले लिखित आदेश आएको छैन, आ-आफ्नै ढङ्गबाट प्रचार गरेका छन्, त्यसमा त्यति धेरै सत्यता छैन ।
आफ्नै हिसाबले प्रचार गरेका छन्, धेरै छलफल गर्नुपर्ने आवश्यकता नै छैन । जब पूर्ण पाठ आउछ, त्यसपछि अध्ययन गरेपछि धारणा व्यक्त गर्ने कुरा नै ठिक हुन्छ । अदालती कुरा हो, अधुरो अंशमा अपूर्ण कुरामा टिप्पणी गर्नु त्यति परिपक्कता देखिदैन ।
‘सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध १४ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको छ । यो आदेशपछि अब उनीविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुन बाटो खुलेको छ ।






